नरेन्द्र मोदी सरकार दलित शब्दावलीमा किन दिक्कत छ ?

दलित अनलाईन १७ कार्तिक २०७५, शनिबार २३:०३

दलित अनलाईन डेक्स

भारत सरकारको सुचना प्रसारण मन्त्रालयले संचार संस्थानहरुलाई दलित शब्द प्रयोग नगर्न भनेको छ । मन्त्रालयका अनुसार संविधानमा अनुसुचित जाति भनी उल्लेख गरिएकाले दलित शब्द प्रयोग नगर्न भनिएको हो ।
मन्त्रालयको यो निर्णयको भारतका कैयौ दलित संगठनहरु, मानव अधिकार संगठनहरु र बुद्धिजीवी संस्थाहरुले विरोध गरेका छन् । उनीहरुका अनुसार दलित शब्दले राजनीतिक महत्व बोक्दछ र यो पहिचानसँग सम्वन्धित पनि छ ।

यही साल मार्च महिनामा पनि सामाजिक न्याय मन्त्रालयले पनि यसै प्रकारको आदेश जारी गरेको थियो । मन्त्रालयले सबै राज्य सरकारलाई आधिकारिक संचार र पत्राचारमा दलित शब्दको प्रयोग नगर्न भनेको थियो । मन्त्रालयका अनुसार दलित शब्दको प्रयोग संविधानमा छैन ।

सरकारमा पनि मतभेद

सरकारको यो निर्देशमा भारतीय केन्द्रको एनडीए सरकारमा पनि मतभेद भने रहेको छ । एनडीएको सहयोगी पार्टी रिपब्लिकन पार्टी अफ इंडियाका नेता तथा मोदी सरकारका सामाजिक न्याय राज्य मन्त्री रामदास अठाव दलित शब्दको सट्टा अनुसुचित जाति शब्द प्रयोग गर्नका लागि दिइएको निर्देशमा असन्तुष्टी जनाएका छन् ।

अठावले महाराष्ट्रमा आन्दोलनको शुरुवात भएको छ । आन्दोलनकै कारण दलित शब्द झन लोकप्रिय भएको छ ।
सुचना प्रसारण मन्त्रालयले यो आदेश बम्बै हाई कोर्टको निर्देशन अनुसार दिइएको भनेको छ । मध्य प्रदेश हाई कोर्टमा पनि मोहनलाल मनोहर नाम गरेका एक व्यक्तिले दलित शब्दको प्रयोग बन्द गर्न भन्दै मुद्दा दायर गरेका थिए । सो मुद्दामा दलित शब्द अपमानजनक छ र संविधानमा अनुसुचित जातिहरुलाई अपमानित गर्नका लागि प्रयोग गरिएकोछ । यद्यपी यसलाई लिएर अदालतको अन्तिम फैसला भने आइसकेको छैन । बम्बै हाई कोर्टले सरकारको नाममा विचार गर्नका लागि भनेको आदेश दिएको थियो ।

दलित शब्दको सामाजिक सन्दर्भ
युजीसीका पुर्व अध्यक्ष सुखदेव थोराटले इंडियन एक्सप्रेसमा व्यक्त गरेअनुसार मराठीमा दलित शब्दको अर्थ शोषित अर्थात अछुत हुन्छ । यो एउटा व्यापक शब्दावली हो, जसमा वर्ग र जाति दुवै समावेश छ । दलित शब्दको प्रयोग कुनै पनि अवस्थामा अपमानजनक छैन । यो शब्दावलीको प्रयोग सन् १९६० र ७० को दशकदेखी भएको हो ।

चर्चित दलित चिन्तक कांचा इलैयाले सुचना प्रसारण मन्त्रालयको यो आदेशप्रति असन्तुष्टी जनाउदै भनेका छन् दलित शब्दको अर्थ उत्पीडित हुन्छ । जसलाई दवाइएको छ जो अन्यायको शिकार भएका छन ती दलित हुन । यसको एक सामाजिक पृष्ठभुमी छ ।

विविसी हिन्दी सेवासँग कुरा गर्दै उनले भनेका छन् यो देशमा ठुलो जनसंख्याका नागरिकलाई उनीहरुको अधिकारबाट बञ्चित गरिएको छ, अन्याय गरिएकोछ, स्वतन्त्रता खोसिएकोछ । जो आज पनि दलित छन् । दलित शब्दलाई यदि अनुसुचित जातिका रुपमा लैजाने हो भने यसले संवैधानिक अवस्थामात्र बताउने छ तर यसको सामाजिक तथा ऐतिहासिक सन्दर्भ हराउनेछ ।
इलैयाका अनुुसार दलित शब्दको मतलव दुनिया भर थाहा छ की भारत यस्तो देश हो जहाँ करोडौ नागरिक आज पनि अछुत छन् । सरकारलाई लागेको छ की यो भारतको बदनामी भएको छ त्यसैले उसले यसलाई खत्तम गर्न चाहन्छ तर शब्द परिवर्तन गरेर मात्र । दलित शब्द ब्राम्हणबादको विरोधको एक शब्दावली हो । यो एउटा ठुलो मुद्दा हो । यसको सामाजिक सन्दर्भ महत्वपुर्ण छ । शोषित नागरिकलाई एकतावद्ध गर्ने आधार हो । यो पहिचान नै मेटाउने कोशिस भएको छ । यसका साथै अन्तराष्ट्रिय स्तरमा यसलाई गुमराहमा राख्न खोजिएको छ । हामी यसको विरोध गछौं ।
इलैयाले भनेका छन अनुसुचित जाति भन्नाले एउटा संवैधानिक अवस्था मात्र हुन्छ जाहाँ पहिचान पुरै हराउन पुग्दछ । दलित शब्दले केही अपमान हुँदैन । सरकारले कसैको सामाजिक पहिचान सजिलै हटाउन सक्दैन ।

दलित शब्दले केही अपमान हुँदैन ।
जवाहरलाल नेहरु विश्वविद्यालयका सोसल साइन्सका प्रोफेसर बद्रीनारायणका अनुसार यो निर्णयले सरकारलाई राजनीतिक घाटा हुनेछ । उनले भनेका छन दलित शब्द पत्रकारिता र साहित्यमा लामो समयदेखी प्रयोगमा छ । यो कुनै पनि अवस्थामा अपमानजनक शब्द होइन । दलित शब्द सामाजिक र सांस्कृति सन्दर्भ हो ।

भारतीय जनता पार्टीका सांसद उदित राजका अनुसार दलित शब्दमा रोक लगाउनु हुदैन । उनले भनेका छन् दलित शब्द प्रयोग गर्नु पर्दछ किनकी देश विदेशमा यही शब्द प्रयोगमा आइसकेको छ । दलित शब्दले शोषित पिडित नागरिकको प्रतिनिधित्व गर्दछ । यो शब्द संघर्षको प्रतिक बनेको छ । यति यो सत्य हो भने दलित शब्द रहनै पर्दछ ।


उनले भनेका छन् –यही शब्द ब्राम्हणको प्रयोग गर्ने हो भने त्यो सम्मानित हुन जान्छ । शब्दमा केही छैन । यो शब्द अपमानित होइन । यही शब्द दलितको स्थानमा अपमानको रुपमा प्रयोग गरिएकोछ । दलित पछाडी पारिएको छ , हजारौ वर्षदेखी शोषित छन । इतिहास राम्रोसँग पढाउने हो भने सबैमा समान बुझाइ हुने छ की यी नागरिकलाई आरक्षण दिनु उचित छ । यदि दलितलाई ब्राम्हण नै भनिएपनि त्यो शब्द अपमानित मानिने छ ।

गान्धीले भारतमा छुवाछुत गरिने समुदायलाई हरिजन भनी भन्न शुरु गरे । बाबा साहेब आम्बेडकरले दवाइएका समुदाय भनी भन्दथे । भारत स्वतन्त्र भएपश्चात हरिजन शब्दमाथि प्रशस्त वहस र विवाद भएको थियो । त्यसपश्चात मानिसहरु यो शब्द प्रयोगमा कमी ल्याउँदै गए ।
मन्त्रालयको यो आदेशको विरुद्ध सुप्रिम कोर्टमा चुनौती दिने तयारी गरिएको छ । कांचा इलैयाले विविसीसँग वताएका छन् की– यसलाई कानुनी रुपमा चुनौती दिइनेछ ।


बम्बै हाई कोर्टमा मुद्दा दायर गर्ने पंकज मेश्रामले बीबीसी मराठी सेवालाई बताएका छन की दलित अपमानजनक शब्द भएकै कारण उनले मुद्दा दर्ता गरेका हुन् । उनले खोज गरेअनुसार दलित शब्दको अर्थ अछुत, असहाय, तल्लो नीच हुन्छ । यो समुदायका लागि अपमान हो ।

उनले भनेका छन् बाबासाहेक आम्बेडकर पनि यो शब्दको पक्षमा हुनुहुदैनथ्यो, दलित शब्द संविधानमा पनि कहि प्रयोग भएको छैन । संविधानमा अनुसुुचित जाति भनी प्रयोग भएको छ भने दलित शब्द प्रयोग किन गर्ने भनी उनले प्रश्न गरेका छन् ।
(यो सामाग्री बिबिसी हिन्दीबाट लिएर  दलित अनलाइन डटकमले नेपालीमा अनुवाद गरेको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank