यसकारण नेपाल आइडलमा रवि ओडलाई भोट आउँदैछ

दलित अनलाईन १७ कार्तिक २०७५, शनिबार १७:५३

दलित अनलाईन डेक्स

काठमाडौं– तपाईको एक भोटले नेपाल आइडल २०७५ को विजय घोषित हुनसक्छन्, रवि ओड । यही भोटका लागि अहिले सबै ‘भोट फर रवि ओड’भन्दै उनलाई जिताउनको लागि देश तथा विदेशबाट भोट गर्दै रवि ओड जिताउँ अभियान संचालन हुन थालेका छन् ।
नेपालकै ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो संस्करणकाे गाला रणउणटका शोहरु संचालन भइरहेको छ । जसले नेपालका प्रतिभावान व्यक्तिहरुलाई राम्रो प्ल्याटफर्म सहजै मिल्न थालेको छ ।
एपी वान एचडीबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ मा सुदूरपश्चिमबाट सहभागी भएका रवि ओड ‘टप ८’ मा पुग्न सफल भएका छन् । दर्शकको भोटका आधारमा उनी ‘टप ८’ मा पुग्न सफल भएका हुन् ।
प्रतिष्ठाको पहिलो आवाजको नाराले एपीवान एच.डी. टेलिभिजनबाट प्रसारण हुने नेपालकै ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो संस्करणमा थिएटर राउण्ड चलिरहदा सुदूरपश्चिमबाट एकजना प्रतिस्पर्धीे मैदानमा उभिएका छन् । भाषा, कला र मौलिक संस्कृतिको धनी प्रदेश ७ बाट अहिले एक्ला प्रतियोगी रवि ओड मात्रै गाला राउण्डमा छन् ।
पहिलो संस्करणबाटै निकै रूचाइएको नेपाल आइडललाई देश बिदेशमा बस्ने थुप्रै नेपालीहरूले फ्लो गर्दै आएका छन् । यो संगै दोस्रो संस्करणको विजेता को बन्छ भन्ने जिज्ञासा पनि धेरैमा पलाएको छ । अहिले नेपाल आइडलको टप ८ मा अटाएका रवि प्रदेश ७ का एक मात्र प्रतियोगी हुन् ।

को हुन रवि ओड ?

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको जेठो सन्तान हुन् ।
मुख्य आयश्रोत र रोजीरोटीको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाजे र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनको पुख्र्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालिकामा पर्दछ ।
बाजे र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनी अछाम पुगेका छैनन् । तर उनी भित्र आफ्नो पुख्र्यौली थलोमा पुग्ने अधुरो रहर अझै जिवितै छ । लोटस आइ स्कुलमा १२ मा अध्ययनरत रविलाई संगीतको रसले त्यतिवेला नै छोइरहेको थियो । गरिबीका कारण आफुले रोजेको बाटोमा सहज हिँड्न नसेकेका रवि केही समय भारतमा रहेका बाबुसँग काम गर्न गएका थिए । रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन् । उनी आफै पनि भारतमा गएर काम गरेको स्मरण गर्छन् । ‘केही महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ’ भनेपछि उनी नेपालमै फर्किएर पढ्न थाले । उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो मेरा सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरी मेरा सन्तानको रगत र पसिना आफ्नै देशमा बगोस्’ !


सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगीतमा लागेको बताउछँन् । बाजेले अछामी मौलिक गीतहरू गाउने गरेको उनी बताउँछन् । बाजेले गाएको सुदूरपश्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाई नेपाली गीत संगीतप्रति रुचि बढेको थियो । उनको आवाज बुढिगंगा जस्तै कलकल कलकल आफ्नै गतिमा बगिरहन्छ । तर जब उनी पप लगाएत अन्य हाइ रेन्जको गीत गाउँछन् उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र होइन उनी खप्तड रामारोशन जस्तै सुन्दर गीत ठाडिभाका समेत गाउन सक्छन् । खप्तड, रामारोशनको काखका रहेका उनी खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहदैनन् । आफ्नो हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन् । अहिले मेरो गीत संगीतको प्रेरक बाजे र मलाइ जन्माउने आमा मसंग हुनुहुन्न । यदि उहाँसंगै भइदिएको भए यो खुसी सुरुमा उहाँहरूसंगै साट्ने थिएँ ।


प्रदेश ७ बाट नेपाल आइडलको स्टेजमा उभिएका अन्य सबै प्रतियोगी बाहिरिएका छन् । धनगढी अडिसनबाट उक्त रियालिटी सो मा सहभागीता जनाएका रवि भने आफुले अझै राम्रो गर्ने बिश्वास देखाउँछन् । धनगढीको दोहोरी साँझमा गीत गाएर करिब चार वर्ष अघिबाट मात्रै उनी संगीतमा सक्रिय भएर लागेका हुन् । जस्तो सुकै गीत गाउन मन पराउने उनलाइ नेपाली संगीत क्षेत्रमा शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु बढी मन पर्छन् ।
नेपालको आइडलको स्टेजबाट दर्शकको मन जित्दै उत्कृष्ट आठमा आउन सफल आफुले मात्रै नभएर दर्शक, आफन्त, साथी तथा सम्पूर्ण शुभचिन्तकको साथ र मायाले गर्दा यहाँसम्ममा आइपुगेको बताउँछन् ।
रविले दशैभन्दा अघि मात्रै एक युट्युब च्यानलसँग कुरा गर्दै भनेका थिए ,‘मेरो परिवारको आर्थिक अवस्था निकै दयनीय छ । नेपाल आइडल जितेमा मैले सर्वप्रथम मेरो बुवा जो भारतमा काम गर्नुहुन्छ उहाँलाई नेपाल ल्याउँछु । म परिवारको जेठो छोरा त्यसैले काँधमा निकै जिम्मेवारी छ । काँधमा जिम्मेवारी लिएर अगाडि बढेको छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank