अपशब्द बोल्दै डिएसपीले कुटे दलित नेतालाई

दलित अनलाईन १३ कार्तिक २०७५, मंगलवार २१:१४

काठमाडौं-  जिल्ला प्रहरी कार्यालय सिरहा डिएसपीले आफुलाई दलित भएकै कारण कुटपिट गरेको भन्दै स्थानिय दलित अगुवा नेताले आरोप लगाएका छन् । कर्जनाह नगरपालिका वडा नम्बर ५, मिर्चैया निवासी एक दलित अगुवालाई डिएसपी दीपेन्द्र शाहले कुटपिट गरेको आरोप लगाइएका हुन् ।

पूर्वमाओवादी राज्य समिति सदस्यसमेत रहेका स्थानीय राजु विश्वकर्माले आफुमाथि डिएसपी शाहले हातपात गरेको दावी गरेका छन् । जाँड रक्सि नियन्त्रणको अभियानमा हिडेको प्रहरी टोलीले आफुमाथि सोमबार बिहान घरमै आएर हातपात गरेको गुनासो गरेका छन् ।

प्रहरीले दलित टोलमा चुलो भत्काउने, भाँडाकुँडा फाल्ने गरेपछि आफूले त्यसो नगर्न अनुरोध गर्दा डिएसपी शाहले अपशब्द बोल्दै आफूलाई हातपात गरेको उनको आरोप छ।

उनले दलित भएका कारण डिएसपीले आफुलाई हेपेर बोलेको समेत आरोप लगाए ।घटनाबारे कर्जनाह नगरपालिकाका मेयर गंगा पासवानलाई जानकारी गराएको उनले बताए। मेयर पासवानले यस विषयमा छलफल गर्ने बताएका छन्।

डिएसपी शाहले भने आफुले त्यसो नगरेको बताएका छन् । गाँजा तथा जाँडरक्सी नियन्त्रण अभियानअन्तर्गत उक्त टोलमा घरेलु मदिरा तथा त्यो बनाउने कच्चा पदार्थ तथा भाँडाकुँडा नष्ट गरिएको भने उनले स्वीकार गरे । तर कुटपिट भने कसैलाई नगरिएको डिएसपी शाहको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank