फलोअप : वडाअध्यक्षबाट कुटिएका अजय रामको न्यायका लागि सर्लाहीमा दलित आन्दोलन सुरु

दलित अनलाईन ११ कार्तिक २०७५, आईतवार २२:१६

सर्लाही– दुई महिना अघि वडाअध्यक्षबाट जातीय विभेद र कुटपिट भएका अजय रामको न्यायको लागि संयुक्त दलित संघर्ष समिति सर्लाहीले आन्दोलन सुरु गरेको छ ।
आइतबार संयुक्त दलित संघर्ष समिति र दलित अधिकारकर्मीले जिविसमञ्चबाट मलङ्वा नगरपालिकसम्म ¥याली गदै सिडियो र एसपीलाई समेत कारबाहीको माग गदै आन्दोलन सुरु गरेका हुन् ।
संयुक्त दलित संघर्ष समिति आयोजना गरेको आन्दोलनको नेतृत्व राधेश्याम पासवानले गरेका छन् । जिविसमञ्चबाट मलङ्वा नगरपालिकसम्म ¥याली गरी जिल्ला प्रशासन कार्यालयको अगाडि २ घण्टा शान्तिपूर्ण धर्नामा बसेका थिए ।
यस अघि प्रमुख जिल्ला अधिकारी र एसपीलाई वडाअध्यक्षलाई कारर्बाहीको माग गदै ज्ञापनपत्र बुझाउँदा समेत सम्बन्धीत निकायबाट कारबाही नभएको भन्दै पीडितलाई न्याय दिलाउन आफुहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेको उनीहरुको दावी छ । नगरपरिक्रम गरी कोणसभामा बोल्दै प्रदेशसभाका सांसद राबिन्द्र बैठा जातीय विभेदमा प्रदेश सरकारले प्रशासनीय बेइमानी गरे प्रदेश सरकारलाई नै ठूलो क्षेति व्यहोर्नु पर्ने बताए ।


सांसद श्याम परि देवीले अजय रामलाई न्याय दिलाउनुको साटो उल्टो प्रशासनले पीडकको संरक्षण गरेको आरोप लगाए । राजपाका महामन्त्री राम प्रवेश बैठकले न्याय दिलाउने शान्तिपूर्ण आन्दोलन प्रहरी दमन भए आन्दोलनका बलबाटै न्याय प्राप्त गरिछाड्ने टिप्पणी गरे ।
सर्लाही जिल्लामा जातिय विभेद तथा छुवाछुतको घटनाहरु बढ्दै गएपनि प्रशासनले दोषीलाई कारबाही नगर्ने र पीडितहरुको उजुरी दर्ता समेत नगर्ने प्रवृत्तिको विरोध गर्ने आफुहरु बाध्य भएको संयुक्त दलित संघर्ष समिति सर्लाहीका संयोजक राधेश्याम पासवानले बताए । अधिकारकमी राजेश पासवानले अजय रामको न्यायका लागि सुरु भएको शान्तिपूर्ण आन्दोलन न्याय दिलाएर छाड्ने बताए ।

घटना के थियाे

सलोही विष्णु गाउँपालिका वडा २ का वडाअध्यक्षबाट पानीको बाल्टी र जग छोएको भन्दै कुटपिट गरी जातीय विभेद भोगेका पीडित अजय रामको उजुरी अझै दर्ता हुन सकेको छैन ।
घटना भएको करिब तीन महिना पुग्न लाग्दा समेत सर्लाही जिल्ला प्रहरी कार्यालयबाट पीडित अजय रामलाई वडाअध्यक्षसँग मिल्नु पर्ने दबाब दिदै उजुरी दर्ता नगरेको हो ।
साउन २७ गते ३४ वर्षीय अजय रामले आफ्नो ४ वर्षीय छोराको दलित समुदायलाई उपलब्ध गराउँदै आएको पोषण भत्ता बुझ्न जादाँ सोही समयमा वडा अध्यक्ष र कार्यालय सहयोगी नगेन्द्र चौधरीले टेबुलमा रहेको पानीको जग छोएको निहुँमा कुटपिट गरी जातीय विभेद गरेका थिए ।
वडा २ का वडाअध्यक्ष संजयकुमार शाहबाट सामान्य भनाभन भएको र कार्यालय सहयोगी नगेन्द्र चौधरीले कुटपिट गरेको घटना आफुलाई जानकारी भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोख्ररेलले बताका थिए । पीडकलाई जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्मको कारबाहीका लागि जिल्ला प्रहरी कर्यालय सर्लाहीमा भदौ १ गते जाहेरी दर्ता गर्न पीडित अजय रामको टोली पुगेको थियो । तर जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले उजुरी दर्ता नगरी गाउँमा मिलापत्र गर्नुपर्ने भन्दै पीडितहरुलाई फर्काइदिएका थिए । आफुहरुलाईउ पीडितहरुको जाहेरी दर्ता नगरे पनि अनुसन्धान र दुई पक्षबीच सहमतिका लागि छलफल चलाएको एसपी काेषराज पोख्ररेलले  यस अघि बताएका थिए ।

पीडित अजय राम भन्छन्

म सर्लाही विष्णु गाउँपालिका वडा २ को वडा कार्यालय पकडीमा पोषण भत्ता लिन गएको थिएँ । वडा कार्यालय वडा अध्यक्षको घरमा छ । त्यहाँ सबै अभिभावकहरु बालबालिकाको लागि आउने पोषण भत्ता लिन आएका थिए । म पनि लाइनमा थिए । वडा अध्यक्ष संजयकुमार साह पनि त्यही हुनुहुन्थ्यो । मलाई पानी तिर्खा लाग्यो । पानी खान म अगाडीको बाल्टीमा रहेको जग निकालेर पानी के मात्रै निकालेको थिएँ । वडा अध्यक्षले डोम चमार भएर बाल्टी छोइस् भन्दै गाली गर्नुभयो । वडासँगै बसेका कार्यालय सहयोगी नगेन्द्र चौधरीले पानी छोएको भन्दै कुटपिट गरे । वडा अध्यक्ष संजयकुमार साहले तिमी चमार जाति भएर किन पानी खाइस् ,पानीलाई किन अपवित्र गरिस् । आफुबाट पानी छोएको भन्दै गाली गलौज र हातपात गरी आफुलाई बाहिर निकालेको घटना सबैलाई थाहा छ । म आफैले आफु माथि भएको अन्याय र जातीय विभेदको घटना दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेँ । तर मेरो उजुरी दर्ता भएन । चार पटक गए उजुरी दर्ता गर्न । प्रहरीहरुले वडाअध्यक्षसँग मिल्नुपर्ने दबाब दिन्छन् । उजुरी दर्ता नगरी घटनाको अनुसन्धान गर्ने र घटनालाई मिलापत्र गराउने प्रहरीको भूमिकामाथि नै शंका लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank