सरकारलाई दुष्पप्रचार गरेर कमजोर पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागि परे : प्रचण्ड

दलित अनलाईन ११ कार्तिक २०७५, आईतवार १९:४५

चितवन-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट सरकारलाई देखेर एकाथरीलाई निन्द्रा नलागेको बताउनुभएकाे छ ।नेकपा चितवनले भरतपुरमा बडा दसैं, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान कम्युनिस्ट सरकारलाई दुष्पप्रचार गरेर कमजोर पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागि परेको आरोप समेत लगाउनुभयाे ।

दाहालले भनुभयाे,‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी एक भएपछि नै एकतालाई भत्काउन लागि रहेकै छन् । तर यो सरकारले छोटो अवधीमै महत्वपूर्ण कामहरु गर्न सफल भएको छ ।’

अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन पर्ने आवश्यक मौलिक कानुन, सुशासनका महत्वपूर्ण विषयहरु जग बसालेकाले अबको केहि समयपछि देखिने गरि विकास हुने बताउनुभयाे ।

सरकार आफ्नो उद्देश्यमाथि दत्तचित्त भएर अघि बढी रहेको छ, उहाँले भनुभयाे, ‘अब गफ भन्दा पनि एक्सनमा गएर काम देखाउने समय आएको छ । ५ बर्षभित्र मुलुकको मुहार नै परिवर्तन भएको देख्न पाउनु हुनेछ ।’

नेकपाको तल्लो तहको पार्टी एकिकरणको विषयमा बोल्दै प्रचण्डले दुई कम्युनिस्ट पार्टीको तल्लो तहसम्म एकता प्रकृयालाई सफलता पुर्वक सम्पन्न गर्न गम्भीर गृहकार्य भइरहेको उल्लेख गनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank