भरतपुर फोहोरमैला व्यवस्थापनमा नमूना सहर बन्छः मेयर दाहाल

दलित अनलाइन अशोज १८, २०७५

गैंडाकोटचितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना सहर बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

भरतपुर महानगरपालिकाले गैंडाकोटमा गरेको सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धानसम्बन्धी एक दिवसीय समीक्षा गोष्ठीमा महानगर प्रमुख दाहालले ‘स्मार्ट सिटी’को अवधारणालाई साकार पार्न फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन गर्न खोजिरहेको  बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘भरतपुर महानगरको फोहोर व्यवस्थापन गरेर स्मार्ट सिटीलाई साकार पार्न महानगर लागिरहेको छ ।’ कार्यक्रममा मेयर दाहालले सबैको ध्यान भरतपुर महानगरले तानेको हुनाले यसले नमूना काम गरेर देखाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा फोहोर मैला व्यवस्थापन सम्बन्धित विज्ञहरुले स्मार्ट सिटीको अवधारणा ल्याउनुअघि फोहोरको वैज्ञानिक तरिकाले उचित व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै दीर्घकालीन रुपमा फोहोरको उचित व्यवस्थापन नगरेसम्म स्मार्ट सिटीको कल्पना गर्न नसकिने बताएका थिए । विज्ञहरुको कार्यपत्रमा दक्षिण एसियाली सहरहरुमा जलवायु अनुकुलनको लागि दिगो प्रयास फोहोरमैला तथा ढल निकास व्यवस्थापनको सुझाव दिएका थिए ।

कार्यक्रममा प्लास्टिक व्यवस्थापन र कर नीति र हाइड्रो डाइनामिक मोडलिङको विषयमा डा मणि नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, प्लाष्टिक फोहोर र व्यवस्थापनको विषयमा विज्ञ ऋषि कट्टेल, भरतपुर महानगरपालिकाकोे फोहोर संकलन सुधार गर्न उपभोक्ताहरुको चाहनामा डा राजेश राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साउथ इन्डियाका विज्ञ अजाम नथानेलले भरतपुर महानगरपालिका वडा नं १० को फोहोर संकलनको केन्द्र विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेन्डी एसिमोडसँग सहकार्य गरी महानगरले समीक्षा गोष्ठी गरेको थियो ।

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाश, प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, सेन्डी एसिमोडका प्रतिनिधि भीम अधिकारीलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, ४ का वडाध्यक्ष हरि आचार्य, १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवालगायतले सुझावहरु दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank