काठमाडौं प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारको आलोचना मात्र गरेर बस्नुभन्दा रचनात्मक सुझाव दिन आग्रह गर्नुभएको छ ।
२८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सरकारको आलोचनाभन्दा पनि सुझाव आवश्यक रहेका हुन् ।
ज्येष्ठ नागरिकहरुको अनुभव र विचार राष्ट्र निर्माणका लागि आवश्यक रहेको भन्दै सभामुख महराले उनीहरुलाई राज्यले सम्मान दिनुपर्ने पनि बताउनुभयो । ज्येष्ठ नागरिकहरुको हक, अधिकार र संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान आवश्यक रहेकाले सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरुका लागि राज्यले प्रदान गरेको सहुलियत कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।
Leave a Reply