दलित महिलालाई मालिकले गरे बलात्कार, प्रहरीले जाहेरी लिएन

दलित अनलाईन १३ आश्विन २०७५, शनिबार २०:००

श्रवण देव

सप्तरी – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न नसक्दा सरकार आलोचित भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल ९० प्रतिशत घटनामा प्रहरी सफल भएको तर, कञ्चनपुर घटनाको राजनीतिकरण गरिएको दाबी गर्दै हिँडेका छन् । तर, बलात्कारका घटनामा न्यायको पखाईमा रहेकाहरु थुप्रै छन् । उनीहरु मध्ये सप्तरीको सुरुङ नगरपालिकाकी एक महिलाले शनिबार न्यायका लागि अपील गरेकी छन् । चार सन्तानकी आमा उनका श्रीमानले केही वर्ष पहिले आत्महत्या गरे ।

त्यसपछि माइतीको शरणमा पुगेकी उनलाई साहुले पटकपटक बलात्कार गरेको बताइन् । हालै मात्र त्यहीं उनले छोरालाई जन्म दिएपछि झन् समस्यामा परेकी छन् ।

श्रीमानको मृत्यु भयो, मालिकले गरे बलात्कार

दलित समुदायकी उनले आफूलाई मालिकले पटक(पटक बलात्कार गरेको दाबी गरेकी छन् । पटक(पटक बलात्कार गरिएपछि उनी गर्भवती बनिन् । गाउँकै जमिन्दार ओमप्रकाश यादवले बलात्कार गरेको उनको दाबी छ ।

सुरुमा आफुलाई स्वीकार गर्ने बताएको तर, बच्चा जन्मिएपछि अस्वीकार गरेको उनले बताइन् । आहिले आफूलाई बाँच्न र खान समेत समस्या भएको उनी बताउँछिन् ।

उनको केहि वर्षअघि सुनसरीको इकराहाका एक युवकसँग विवाह भएको थियो । तर, उनले आत्महत्या गरेपछि समस्यामा परिन् । उनको तीन छोरी र एक छोरा थिए । श्रीमानको निधनपछि बालबच्चासहित माइतीमा आएर बस्न थालिन् ।

दैनिक ज्याला मजदूरी गर्दै छोराछारी हुर्काइरहेकी थिइन् । घर खेतमा काम गर्ने क्रममा ओमप्रकाश यादवले बलजफ्ती सम्बन्ध बनाएको उनको दाबी छ ।

आफू गर्भवती भएको थाहा पाएपछि ओमप्रकाशले श्रीमती बनाएर राख्छु भनेको तर, प्रसुति हुने बेला भएपछि वास्ता गर्न छाडेको उनले बताइन् । ‘गाउँ पञ्चायतमा ओमप्रकाशले स्वीकार गरेका थिए’ उनले भनिन्, ‘अहिले पछि हटे ।’

उनले भदौ ६ गते छोरा जन्माइन् । ‘शुरुदेखि चार बच्चा छ । एउटा थपियो कसरी पाल्नु रु’ शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्यायका लागि पहल गरिदिनुस् ।’

उनलाई न्याय दिलाउन ‘दलित जनचेतना संगम’ले शनिबार पत्रकारहरुलाई बोलाएर घट्नाबारे जानकारी गराएको थियो । संस्थाका निर्देशक गणेश रामले पीडित महिला प्रसुति भएपछि खान, लाउन समेत समस्या भएको बताए ।

न्यायिक समिति(प्रहरी गुहारिन्

पीडित महिलाले नगरपालिकाको न्यायिक समितिदेखि प्रहरीसम्म धाएकी छन् । न्यायीक समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख बिन्दा देवी पासवानले ओमप्रकाशलाई भेटेकी पनि हुन् । तर, आरोपितले उल्टै धम्क्याएर पठाएको उर्मिलाको साथ दिइरहेका संस्थाका निर्देशक रामले बताए ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले म्याद नाघेर उजुरी दिन आएका कारण आफूले केहि गर्न नसकेको बताए । यद्यपि आफूले ओमप्रकाशलाई बोलाएर सोधपुछ गर्दा उनले आफ्नो गर्भ नभएको दावी गरेको श्रेष्ठले बताए ।

महिला पीडित देखिएको बताउँदै उनले ओमप्रकाशलाई कानुनी प्रकृयामा ल्याउन डीएनए परीक्षण गर्नुपर्ने बताए । ‘यसो गराउन सकियो भने पीडित महिलाले न्याय पाउने र ओमप्रकाश दोषी ठहरिन्छ’ उनले भने, ‘खासगरी स्थानीय तहले यसमा सहयोग गर्नु जरुरी छ । प्रहरी आफ्नो तर्फबाट सबै सहयोग गर्न तयार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank