अन्तरजातीय विवाह गरेको जोडी माइती पक्षले गुन्डा परिचालन गरी मार्ने धम्की दिएपछि भागेर राजधानीमा ( भिडियो सहित )

दलित अनलाईन १९ भाद्र २०७५, मंगलवार २३:०९

काठमाडौ–   एक महिना अघि अन्तरजातीय विवाह गरी घरजम सुरु गरेको एक जोडी केटीपक्षको धम्कीका कारण गाउँबाट विस्थापित हुनु परेको छ । विवाह बन्धनमा बाँधिएर घरजाम गर्ने थालेको जोडीलाई माइतीपक्षले गुन्डा परिचालन गरी डर त्रास धम्की दिन थालेपछि उनीहरु गाउँबाट विस्थापित भएका हुन् ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा २ जयपुर निवासी  लोकेश दर्जी र कन्काइ नगरपालिका ७ निवासी देवका विमलीले एक महिना अघि आपसी सहमतिमा विवाह गरेका थिए । तर देवकाले परियार थरको केटासँग विवाह गरेको थहाँ भएसँगै देवकाका बाबु र दिदिले कुटपिट गर्नुको साथै प्रहरी चौकीमा लगेर छुटाउने प्रयास समेत गरेका थिए । प्रहरी चौकी केटाकेटीहरुले एक अर्को विना बाँच्न नसक्ने प्रतिबद्धता जनाएपछि उहीहरुलाई केटीपक्षबाट चौकीमा कुटपिट हातपात गरेका थिए देवका विमलीले बताइन् । ‘हामीहरुलाई जुनसुकै बेला पनि आक्रमण हुनसक्ने भएपछि गाउँ छाडेका हुँ’ उनले भनिन्,‘प्रहरी चौकीले भन्दा कुरा सुनेनन् ।’ तीन वर्षदेखि प्रेम सम्बन्ध रहेका उनीहरु एक महिना अघि विवाह बन्धनमा बाधिएका थिए ।

लोकेश दर्जीका अनुसार बाहुन थरको दम्भ देखाउदै बुवा गोपाल प्रसाद बिमली र दिदी मिरा बिमली सिटौलाले ललाइ फकाइ प्रहरी चौकीमा बोलाएर छुट्टाउने प्रयास गर्दै प्रहरी चौकीमै आफ्नो श्रीमतिलाई कुटपिट तथा लछारपछार गरेको बताए । ’ हामीलाई प्रहरी चौकीमा कुटपिट गर्दा समेत कसैले केही गरेनन्, उनले भने । बुद्धशान्ति गाउँपालिकाका वडा २ का अध्यक्ष दिलिप श्रेष्ट र स्थानीय दलित अधिकारकर्मीहरुको रोहवरमा आफुसँगै रहेने र बस्ने गरी समान्य कागज गराई आफुहरुलाई छाडिए पनि केहीदिन पछि आफुहरुलाई माइतीपक्षका नचिनेका व्यक्तिहरु घरमा आई धम्काउन थालेको लोकेश दर्जीले बताए ।

दिदी मिराले १६–१७ जना नचिनेका मान्छे चुल्ठे मुन्द्रे लिएर घरमा आएर घेरा हाल्न थालेपछि लुकेर ज्यान बचाएको उनीहरुले बताए । यो सबै कुरा लिएर झापा बुधबारेस्थित प्रहरी चौकीमा उजुरी गरे पनि प्रहरीले कुनै सहयोग नगरी आफ्नो सुरक्षा आफै गर्नु भने आदेश दिएपछि असुरक्षा महसुस गरी नयाँ शक्तिको नेपालको नेता तथा दलित अधिकारकर्मी दलमर्दन कामीको  सम्पर्कमा आफुहरु आएको बताए । ‘हामीहरु भागेर ज्यान जोगाउदै यहाँ आएका छौं, हामी तत्कालै घर जाने अवस्था छैन ।’ नयाँ शक्ति नेपालका नेता तथा दलित अधिकारकर्मी दलमर्दन कामीले ज्यान जोगाएर न्यायको लागि काठमाडौ आएको भन्दै आफुहरु अन्तरजातीय विवाहबाट विस्तापित भएको जोडीलाई न्याय दिलाउन कठिबद्ध भएर लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank