सागवालीलाई गरे दलित नेताहरुले सहयोग

दलित अनलाईन ६ आश्विन २०७५, शनिबार २२:३६

धरान- धरान १५ हिन्दुपतिमार्गकी मृर्गौला पीडित विरामी ५२ वर्षकी जुना विश्वकर्मालाई धरानका दलित समुदायका नेताहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।

शनिबार घरमा नै गएर जुना विश्वकर्मालाइ भेटघाट गरी ७ हजार २ सय नगद आर्थिक सहयोग प्रदान गरेका हुन् ।
धरान उपमहानगरपालिका, दलित विकास समितिको संयोजनमा पीडितलाई सहयोग गरेको समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिए । समितिका संयोजक किशोर परियारले १ हजार, सदस्य सचिव तारा लामगादेले १ हजार, समितिका सदस्यहरु खगेन्द्र नेपालीले १ हजार, सकुन्तला भुषालले एक हजार, लक्ष्मी लकान्द्रीले ५ सय, रामकुमार दासले ५ सय, केदार बराइलीले ५ सय, लिला शंकरले ५ सय, गोपाल रणपहेलीले ५ सय, डिल्लीराम शिवाले २ सय र दलित महिला सञ्जालकी सचिव अनिता रसाइलीले ५ सय गरी ७ हजार २ सय नगद हस्तान्तरण गरेका थिए ।
बिहान साढे २ बजे उठेर दिनभरी बजारमा सागसब्जी डुलाएर दैनिक दुई सय आम्दानी गर्दै आएकी धरानकी ‘सागवाली दिदी’ जुना बिश्वकमालाई अहिले मृर्गौला (किड्नी) मा समस्या भएपछि आर्थिक अभावमा उनको उपचारमा समस्या भएको हो ।
उनले बिहानै साढे दुई बजे उठेर धरानवासीको घर घरमा डोकोमा सागसब्जी बोकेर सागवाली दिदीको नाम धानीरहेकी थिइन । ३ महिना यता उनको किड्नीमा खराबी देखिएर एउटा किड्नी फ्याक्नु पर्ने अबस्थामा छिन् । उनलाई तत्कालै डेढ लाख रकमको अभाव छ ।
जुना बराइली विश्वकर्माको एउटा किड्नी (मृगौला) फेल भएको र त्यसले अर्को मृर्गौलालाई समेत संक्रमण गर्न लागेकोले त्यसलाई तत्कालै सल्यक्रिया गरी फ्याक्नुपर्ने भक्तपुर सल्लाघारी स्थित डा.इवामुरा मेडिकल अस्पतालका डाक्टर श्रीधर अर्यालले बताएका छन् ।
उपचारमा रकमको अभाव भई समस्या परेको हुनाले आर्थिक सहयोगका लागि विश्वकर्माले सबैसँग सहयोग गरिदिन अपिल समेत गरेकी छन् । डोकोमा सागसब्जी डुलाएर बेच्ने र त्यसबाट प्राप्त पैसाले परिवार पाल्दै आएकी विश्वकर्माको श्रीमान २०४२ सालमा सेतो मच्छडले टोकेपछि शारीरिक रुपमा अशक्त भई कामकाज गर्ने सक्ने अवस्थामा छैनन् ।


करिब ३ महिना अघि जुनाको कम्मर तथा ढाड अत्याधिक दुःख्ने, हिडडुल गर्न नसक्ने अवस्था भएपछि गत जेष्ठ २८ गते धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गराइएको थियो । उनलाई प्रतिष्ठानमा करिब १५ दिनको उपचार पछि किड्नी सम्बन्धि रोग हुन सक्ने आशंका गरियो र थप उपचारका लागि काठमाण्डौं पठाइयो । त्यसपछि भक्तपुर सल्लाघारीमा रहेको डा. इवामुरा मेडिकल अस्पतालमा चेकजाँच गराउँदा डा. श्रीधर अर्यालले एउटा किड्नी पुरै संक्रमित भएको र त्यसले अर्कोलाई पनि असर गर्दै लागेको भनि १५ दिन औषधी सेवन गरी अप्रेशन गरेर उक्त फेल भएको किड्नी फ्याक्नु पर्ने बताएका थिए । त्यसका लागि करिब डेडदेखि २ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
घरमा अन्य सदस्यहरु आर्थिक आयआर्जन गर्न नसक्ने अवस्थामा हुनुका साथै श्रीमान समेत शारीरिक रुपमा अशक्त अपाङ्गगता भएका कारण आर्थिक श्रोतको अन्य विकल्प नहेको भन्दै सहयोग प्राप्त भए समयमा नै उपचार भई ज्यान बाँच्ने आशा रहेको जुनाले बताएकी छन् । उनले आफुलाई सहयोग गरिदिन आव्हान गर्दै पूर्ण आशा र भरोसा राखेको बताइन् ।
उनले भनेकी छन ‘मलाई विश्वास छ, यस आपतको घडीमा यहाँहरुबाट सक्दो सहयोग पाउने छु । साथै यहाँहरुबाट व्यक्तिगत एवम् संस्थागत रुपमा पहल गरिदिनु हुनेछ ।’ सहयोग गर्न इच्छुकहरुले हाल धरान–१५ हिन्दुपतिमार्ग स्थित निवासमा प्रत्यक्ष भेटेर वा मोबाइल नम्बर ९८१२३१९५५९ मा सम्पर्क गर्न सकिने बताइएको छ । डाक्टरले अप्रेशन गर्न दिएको समय पुग ेपनि आर्थिक अभावका कारण घरमानै पीडित रुँदै बस्न बाध्य भएकी छन् ।
धरान उप–महानगरपालिका वडा नम्बर १५ ले मृर्गौला पीडितका लागि नेपाल सरकारबाट उपलब्ध गराउने सहुलियत सेवाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीलाई सिफारिस गरिदिएको छ । अहिले संघसंस्थाका व्यक्तिहरुले घरमा गएर सोधखोज र सहयोग गरिदिएका कारण अब उपचार पाउनेमा सागवाली दिदी आशावादी बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank