अभिनेत्री सोविताको दलित थिमको उपन्यास ‘वराङ्गना’ सार्वजनिक

दलित अनलाईन ६ आश्विन २०७५, शनिबार १८:०५

काठमाडौं – अभिनेत्री सोविता सिंखडाको पहिलो उपन्यास ‘वराङ्गना’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पत्रकार बबिता बस्नेत, पत्रकार तथा साहित्यकार नवराज लम्साल लगायतले उपन्यास बिमोचन गरे ।

कार्यक्रममा पूर्व प्रम चन्दले सोविताको उपन्यसमा गाउँको परिवेश, समाजको भेदभाव र मानव द्धन्द्धका कारण सहज तरिकाले उपन्यासमा उतार्न सफल भएको बताए । ‘कला संगीत र साहित्यका लागि कमलो मन आवश्यकता पर्दछ’ चन्दले भने ‘म त्यसैले पनि महिला लेखकको किताव पढ्ने गरेको छु ।’

सोविताले उपन्यास मार्फत भाइचारको सम्बन्ध बनाउन समेत सन्देश दिएको आफुले पाएको बताएका चन्दले उपन्यास सबैका लागि उपयुक्त रहेको सुनाए । त्यस्तै, पत्रकार तथा सहित्यकार नवराज लम्सालले सोविताको लेखन कला आफुले पत्याउनै नसक्ने रहेको बताए । ‘मैले अहिलेसम्म थुप्रै साहित्यकारको पुस्तक पढेको छु ।

तीमध्ये ४, ५ जनाको लेखन कलाबाट प्रभावित पनि छु ‘लम्सालले भने ‘त्यस्तो लेखक कला सोवितामा मैले भेटाए ।’ उपन्यासमा गरिबको कथा, दलितको कथाका साथै समाजका हरेक पात्रको कथा समेटिएको बताएका लम्सालले भने ‘पुस्तक पढ्न सुरु गरेपछि जो कोही पनि अन्त्यसम्म पुगेर छोड्छ ।’ उपन्यासले सुरुदेखि अन्त्यसम्म पाठकलाई रोमाञ्चित गराउन सफल हुने उनको भनाई रहेको छ ।

पत्रकार बबिता बस्नेत, दलित आयोगका पूर्व सदस्यसचिव सिताराम घले परियार लगायतले उपन्यासको बिषय र प्रस्तुतिका बारेमा आफ्नो धारणा राखेका थिए । पुस्तक सरल भाषामा भएकोले लजो कोहीको लागि पनि उपयुक्त हुने उनीहरुको भनाई थियो ।

लेखिका सोविताले आफुले जीवन यात्रा अगाडि बढाउने क्रममा भोगेका , भेटेका र देखेका बिषयनै उपन्यासमा समेटेको बताइन् । भनिन् ‘मेरो पहिलो प्रयास ‘वराङ्गना’मा केही कमी कमजोरी भए मलाई सुझाउनुहोला ।’

सोविताले आफ्नो ८४ बर्ष नाघेकी हजुरआमालाई सभापति बनाउँदै उपन्यास विमोचन गराएकी हुन् ।  ३ बर्ष अगाडि लेख्न सुरु गरेकी सोविताले बल्ल उपन्यास बजारमा ल्याउन सफल भइन् । उनले धेरै कामहरु छोडेर यो उपन्यास लेखेकी हुन् ।  करिब एक दर्जन हाराहारीको चलचित्र अभिनय गरेकी सोविताको पछिल्लो समय ओसामा आबद्ध भएर सन्यास कर्ममा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank