अन्तरजातीय विवाहको कथाबस्तुमा आधारित चलचित्र प्रसादकाे ‘लै लै’ बोलको गीतले दर्शकको मन जित्दै

दलित अनलाईन ६ आश्विन २०७५, शनिबार १६:२२

काठमाडाै- चलचित्र प्रसादको ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सहित फस्टलुक सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त भिडियोमा चलचित्रका दृश्यहरु समेटिएका छन् । दृश्यमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अटाएका छन् ।
निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने प्रसादमा विपिन र नम्रताले दम्पत्तिको भुमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ । अन्तरजातीय विवाहको कथाबस्तु समेटिएको उक्त चलचित्रको लिरिकल भिडियो सहित फस्टलुक सार्वजनिक भएसँगै तीन दिनमा युट्युबमा यो ‘लै लै’ बोलको गीतको लिरिकल भिडिया हेर्नहरुको संख्या प्रत्येक घण्टा बढ्दो छ ।


केतन क्षत्रीले गाएको ‘लै लै’ बोलको उक्त गीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवाष भुषालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । चलचित्रका निर्देशक दिनेश राउतले प्रसादको पुरा मर्मलाई ‘लै लै’ बोलको गीतले समेट्ने भएकोले नै चलचित्रको फस्टलुकसहित यस गीतलाई सार्वजनिक गरिएको बताए । त्यसो त चलचित्रमा अर्को गीत पनि रहेको उनले बताए ।


सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको छ ।
युट्युबबाट गीत रिलिजसँगै फिल्म युनिट आइतबार साँझ नै त्यसको प्रतिक्रिया बुझ्न र फिल्मबारेमा जानकारी दिन फेसबुकमा प्रत्यक्ष कुराकानीका लागि प्रस्तुत हुन लागेको निर्देशक राउतले बताए । प्रसाद मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

लिरिकल भिडियो लिंक

 

https://www.youtube.com/watch?v=xfTQYSSxeLQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank