संविधानको मूल मर्म भावनाविपरित विधेयक आएको भन्दै दलित गैर सरकारी संस्था महासंघकाे आपत्ती

दलित अनलाईन ४ आश्विन २०७५, बिहीबार १२:४४

काठमाडौ–दलित गैर सरकारी संस्था महासंघले संविधानको मूल मर्म, भावना, दलित आन्दोलनले उठाएको माग र सांसदहरुले दिएको सुझावहरुलाई पूूर्णरुपमा बेवास्ता गरी विधेयक पास गरेर ल्याएको भन्दै आपत्ती जनाएको छ ।
महासंघले विज्ञप्ती जारी गदै दलित आन्दोलनकर्मी, नागरिक समाज र स्वयम् दलित समुदायका सांसदहरुले दिएको सुझावहरुलाई पूूर्णरुपमा बेवास्ता गरी विना सुझबुझ सरोकारवालासंग छलफल नगरी ल्याइएको कानुनले दलित समुदायको मौलिक हक, मानवअधिकार, सामाजिक न्यायको पूर्ण प्रत्याभुति गर्न नसक्ने ठहर गदै आपत्ती जनाएको हो ।
दलित गैर सरकारी संस्था महासंघका महासचिव जेवी विश्वकर्माद्धारा हस्ताक्षेरित प्रेस विज्ञप्तीमा भनिएको छ ,जातको आधारमा हुने विभेदलाई तोडमोड गरिनु, अन्य ऐनहरु पनि केवल औपचारिकता मात्र पूरा गर्ने खालको हुनुले दलित समुदाय पारित कानुनबाट थप विभेदमा परेको महसुस गर्दै दलित गैर सरकारी संस्था महासंघ राज्यको यस किसिमको कदमप्रति घोर भत्र्सना व्यक्त गर्दछ । विज्ञप्तीको पूर्ण पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank