पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छःगृहमन्त्री

दलित अनलाईन २९ भाद्र २०७५, शुक्रबार १६:३७

काठमाडौँ-गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताउनुभएको छ ।
पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्तको कसले बलात्कार गरी हत्या ग¥यो भन्ने विषयमा सरकारले अपराधी पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली गठन गरे पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
आजै गृहमन्त्री थापाले जनआन्दोलनका घाइते, पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुपर्ने कारण, जिल्ला प्रहरी कार्यालय बर्दियामा मृत्यु भएका राममनोहर यादवको मृत्यु र रोल्पा घटनाका विषयमा जानकारी दिनुभयो । उहाँले प्राकृतिक प्रकोपका कारण देशका विभिन्न जिल्लामा भएको धनजनको क्षतिको विवरण पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank