दलितहरुका समस्या समाधान गर्ने नगरप्रमुख शर्माको प्रतिवद्धता

दलित अनलाईन २४ भाद्र २०७५, आईतवार १७:५८

रुकुम– चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले अबको आन्दोलन आर्थिक विकास र समृद्धिको हुनुपर्ने बताउनुभएको छ ।
जातिय छुवाछुत र विभेद विरुद्ध ठूलो भूकुम्प गैसकेको भन्दै साना पराकम्पन देखि डराउन नहुने बताउनु भयो । नेपाल दलित मुक्तिमोर्चा चौरजहारी नगरपालिकाले चौरजहारीमा आयोजना गरेको दलित आन्दोलन र बुद्धिजिबिको भुमिका विषयक अन्तरकृया कार्यक्रममा नगर प्रमुख शर्माले यस्तो बताउनु भएको हो । उहाँले दलितहरुका प्रत्येक समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मोर्चाका नगर अध्यक्षय लोकेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोका, नेपाल दलित मुक्तिमोर्चा कर्णाली प्रदेशका संयोजक पुष्प बादी, नेकपाका नेता कर्ण बहादुर घर्ति, मोर्चाका नगर इन्चार्ज नरेन्द विक, चौरजहारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम सुनार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने अधिकाशंले दलितको समग्र विकासका लागि सबै एक भएर लाग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank