‘ब्ल्याक समर’को टेलर सार्वजनिक भएरसँगै चर्चामा रहेको चलचित्र ‘ब्ल्याक समर’ यही आउँदो सेप्टेम्बर ९ तारिखमा बेलायतको अल्डरसट स्थित ईमपाईर हलमा साझ ६ बजे विशेष शो गरिने भएको छ । सम्पूर्ण छायांकन बेलायतमा गरिएको चलचित्र ‘ब्ल्याक समर’ निर्माण पक्षले यसको बारेमा आधिकारिक जानकारी दिंदै त्यस दिन उक्त विशेष शोमा उपस्थित हुनको लागि सबै नेपाली दर्शकहरुलाई आमन्त्रण समेत गरेको छ । त्यस विशेष शो लगतै बेलायतको अरु थुप्रै शहरहरुमा समेत यो चलचित्रलाई प्रदर्शन गरिने चलचित्रका निर्देशक तथा लेखक एल.बि सुब्बाले जानकारी दिनुभएको छ ।
सेप्टेम्बर ९ को विशेष शो को लागि निर्माण पक्षले चलचित्रको टिकटको लागि ०७८२८६६५४८७ र ०७४७४६१२९३९ गरी २ नम्बर उपलब्ध गराएको छ । चलचित्र हेर्न इच्छुक व्यक्तिहरुले माथि उपलब्ध गराइएको २ नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ । चलचित्रमा रितेश चाम्स, रीमा विश्वोकर्मा, अमिषा राई, सपना श्रेष्ठ, दीपक गुरुङ, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ र ज्यासंग लिङदेन लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा राम कुमार केसी र प्रतिक दुधराजको छायांकन, अर्जुन जी.सीको सम्पादन र सम्राट बस्नेतको द्वन्द रहेको छ ।
चलचित्र लेखन तथा निर्देशन एल.बि सुब्बाले गर्नुभएको हो । चलचित्रलाई सरस्वति ज्ञवाली,तारा दुमी राई, टिया गुरुङ, बिजय लिंथेप , बिजय बिक्रम लिंदेन र प्रतिमा दुधराज मिलेर निर्माण गर्नुभएको हो । चलचित्र प्रेम सम्बन्ध र थ्रिलर एक्सनमा आधारित रहेको छ । चलचित्र लेखन तथा निर्देशन एल.बि सुब्बका अनुसार चलचित्र सस्पेन्सले भरिएको छ । चलचित्र नेपालमा भने अहिले सम्म पनि प्रदर्शनमा आएको छैन यद्दपी चलचित्र निर्माण भएको केही समय भएपनि निर्माण पक्षले यस विषयमा जानकारी दिंदै पहिले विदेशको शो सकेर मात्रै नेपालमा यो चलचित्र प्रदर्शन गरिने जनाएको छ ।
चलचित्र वास्तवमा भन्ने हो भने निकै रंगिन बनेको छ । चलचित्रको ट्रेलर र गीतहरु केहि समय अगाडी नै युटुबमा सार्वजनिक भईसकेको छ । यी सामग्रीहरुबाट नै चलचित्रको बारेमा धेरै कुरा अनुमान लगाउन सकिन्छ । चलचित्रले प्रेम र पारिवारिक घटनाक्रमको साथमा निकै उत्साहित खालको सस्पेन्स देखाउने अनुमान यति बेला देखि नै लगाउँदा कुनै फरक नपर्ला । चलचित्र ‘ब्ल्याक समर’ले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्देशन एल.बि सुब्बाले गर्नुभयो ।
Leave a Reply