
कञ्चनपुर-निर्मलाको शव फेला परेपछि प्रहरीले नै उनले लगाएको सुरुवाल पानीमा पखालेर प्रमाण नष्ट गरेको खुलासा भएको छ । एकएक प्रमाण नष्ट हुन नदिन चनाखो हुनुपर्ने प्रहरीले नै वीर्य, रगत लगायतका सुरुवालमा फेला पर्न सक्ने प्रमाण पखालेर नष्ट गर्नुले निर्मला हत्याकान्ड झनै रहस्यमय बनिरहेकोे छ ।
घुँडासम्म डुब्ने पानी रहेको ठाउँमा घोप्टो अवस्थामा भेटिएकी निर्मलाको शवबाट सुरुवाल निकालेर प्रहरीले धोएको भिडियो समेत बाहिर आइसकेको छ । निर्मलाको मामा केशव भण्डारीका अनुशार ‘भान्जीको एक खुट्टामा मात्र लत्रिरहेको अवस्थामा सुरुवाल थियो, प्रहरी टोलीकै अगाडि एक महिला प्रहरीले निकालेर उखुबारीमा जमेको पानीमा चोप्दै उक्त सुरुवाल धोएकी थिइन ।
प्रतक्षदर्शी स्थानियहरुका अनुशार निर्मलाको ‘एउटा खुट्टाबाट निकालेर अर्को पैतालाको भाग लत्रिरहेको अवस्थामा सुरुवाल थियो । प्रहरी अधिकारी, इन्सपेक्टरसहितको टोलीअघि नै ती महिला प्रहरीले सुरुवाल झिकेर तीन पटक पानीमा पखालेको उनीहरु बताउँछन् ‘महिला प्रहरीले मेरै आँखाअगाडि सुरुवाल झिकेर पखालेको भिडियो मोबाइलमा खिचेको छुँ,’ भण्डारीले भने, ‘मेरो मोबाइलमा त्यो भिडियो सुरक्षित छ ।’
घटनास्थल संरक्षण गर्नु प्रहरीको दायित्व रहेको भएपनि प्रमाणको स्वरूप बिग्रनु हुँदैन । प्रहरीले नै शवको सुरुवाल पखाल्नुले प्रमाण नष्ट गर्न खोजेको प्रस्ट हुन्छ,’ स्थानियहरुको भनाई छ ।घटनास्थलमा कोहीलाई जान नदिने, कोही नजान सकून् भनेर डोरी हाल्ने, कसैलाई घटनास्थलमा रहेका वस्तु छुन नदिने जस्ता कुरा गरेर प्रहरीले प्रमाण बचाउने प्रयन्त गर्नुपर्नेमा कंचनपुरमा भने प्रहरीले नै लासको सुरुवाल निकालेर धोनुले घटना रहस्यभमय बनिरहेको छ ।
Leave a Reply