नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गबारे सम्झौता

दलित अनलाईन १५ भाद्र २०७५, शुक्रबार २२:०४

काठमाडौं- नेपाल र भारतबीच रक्सौल– काठमाडौं विद्युतीय रेलमार्गको इञ्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार भएको भेटवार्तापछि सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै प्रधानमन्त्रीको उपस्थितमा नेपलका तर्फबाट रेल विभागका महानिर्देशक अनन्त आचार्य र भारतका तर्फबाट राजदूत मञ्जीभसिंह पूरीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । सम्झौताअनुसार रक्सौल– काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank