वैदेशिक रोजगारीलाई ऐच्छिक बनाउन सरकार लागि रहेको छ : मन्त्री बीना मगर

दलित अनलाईन ८ भाद्र २०७५, शुक्रबार १७:३०

दुवई – खानेपानीे तथा सरसफाई मन्त्री विना मगरले नेपाली युवाहरुको लागि वैदेशिक रोजगारी रहन नभइ बाध्यात्मक भएको बताउनुभएको छ । साथै अहिलेको सरकारले स्वदेशमै रोजगारी सृजना गर्ने गरी नीतिगत र कार्यगत गृहकार्य गरीरहेको जनाएको छ ।

गैरआवसीय नेपाली संघको मध्यपूर्व सम्मेलनको छैटौं सम्मेलनलाई संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शुक्रबार उद्घाटन गर्दै मन्त्री मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभयो ।

‘नेपाली युवाहरु गाँस र बाँसको लागि विदेशिन नपरोस्,’ उहाँले भन्नुभयो, ‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’ वैदेशिक रोजगारमा जाने कामदारले आफूसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताउनुभयो।

‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको छ ।’ उहाँले कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको बताउनुभयो।

‘परिवारले आफुले नै कोमाका विरामीलाई ल्याउन र ब्यबस्था गर्न सकेको छैन । अब कोमाको विरामीको जिम्मेवारी सरकारले लिन्छ’, उहाँले भन्नुभयो

नेपाली काँग्रेसका नेता एवं पूर्वश्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीको लागि बाध्यात्मक अवस्था भएको बताउनुभयो । ‘युवालाई रोजगारी दिएर देशको बिकास गरी मुल प्रबाहमा ल्याउने सम्भाबना तत्कालै छैन । देशभित्र पसिना बगाउनुपर्ने थियो । तर देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको छ’, उहाँले भन्नुभयो,‘यो कामलाई मर्यादीत र सुरक्षीत बनाउने बाहेक हामीसँग अर्को बिकल्प छैन । यतिधेरै जोखिम र जटिलता छ कि जति काम गर्दा पनि गरेको जस्तो देखिन्दैन । जटिलता, जोखिम र सम्भाबना र अबसर दुवै छ । विद्यमान चुनौतीलाई न्युनीकरण गरेर अवसरलाई दोहन गर्नुछ ।’

उहाँले विदेशमा महिला कामदार समस्यामा प¥यो भनेर जान रोक्नु गलत भएको बताउनुभयो । ‘महिला कामदारको बिषयमा बिशेष सम्झौता गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

एनआरएनका अध्यक्ष भबन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड तयार गर्ने अबधारणा ल्याएको बताउनुभयो । ‘शक्ति भएसम्म विदेशमा काम गर्ने र कमजोर भएपछि देश फिर्ने स्थिति छ । सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड बनाउन जरुरी छ’, उहाँले भन्नुभयो ।

उहाँले स्थिर सरकार वनेपछि संसारले नेपालमा लगानी गर्न वाताबरण वनेको भन्दै उत्साही देखिएको बताउनुभयो। संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले देशको आर्थिक समृद्दि भएमात्रै नागरीकको समृद्धि हुने बताउनुभयो । उनले नेपालमा दक्ष जनशक्ति अभाब भएकोले विदेशमा सिकेका सीप बोकेर लिएर नेपाल जाने वेला भइसकेको बताउनुभयो ।

‘तपाईहरुले यहाँ ठुला ठुला टावर वनाउन सक्नुभएको छ । चिल्ला सडक बनाउनुभएको छ । तपाईहरुले मरेर लास पठाएर पैसा पठाइराख्नुभएको छ,’ उहाँले भन्नुभयो,‘त्यसरी पठाएको पैसा अनाबश्यक क्षेत्रमा खेर गइरहेको छ । समय त्यतिकै खेर गइरहेको छ । विप्रेषणबाट शिक्षा, स्वास्थ्यको बिकासमा काम गर्न सक्छौं ।’

गैरआवसीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले क्षेत्रीय सम्मेलन गर्दै आएको बताउनुभयो। ‘ सम्भाबना छ भने जहा पनि जानुपर्छ । नेपालले जनशक्ति नै निर्यात गर्न सक्ने हो । अहिले अदक्ष कामदार पठाइरहेको छ । त्यसलाई दक्ष वनाएर पठाउनुपर्छ’, उहाँले भन्नुभयो,,–‘अदक्षको रुपमा गएकोले धेरै समस्याहरु सिर्जना भइरहेको छ । संघको सिमितताले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ।’

युएईका कार्यबाहक राजदूत सागर फुयालले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरुरी रहेको बताउनुभयो । ‘आबश्यक अभिमुखीकरण तालिम दिन श्रम आवासमै गइरहेको छ,’ उहाँले भन्नुभयो, ।

सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमन, कुबेत लगायत मध्यपुर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशिलता समृद्दिको लगायत बिषयमा छलफल भइरहेको छ । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले मध्यपुर्व क्षेत्रमा कार्यरत झन्डै २० लाख नेपालीको मुद्धा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने वताए ।

गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन युएई घोषणा पत्र जारी गर्दै भोलि शनिवार सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank