स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचमा हुनुपर्छ-प्रमुख रेणु

दलित अनलाईन ५ भाद्र २०७५, मंगलवार १७:५४

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा हुनुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुरकोे पटिहानी स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याबको उद्घाटन गर्दै प्रमुख दाहलले भरतपुर महानगर स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी प्रवाह गर्ने क्रममा सचेत रहेको बताउनुभयो ।

उहाँले महानगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरूलाई अत्याधुनिक र सुविधा सम्पन्न गर्दै लगिने बताउनुभयो । भरतपुरलाई सरकारले मेडिकल सिटीको रूपमा विकास गर्ने नीति लिएको बताउँदै प्रमुख दाहालले मेडिकल सिटीको पुर्वाधारहरू अनुरूप विकास गर्दै लगिने बताउनुभयो ।

स्वास्थ्य सेवालाई प्रभावकारी र सुविधा सम्पन्न बनाउन थुप्रै समस्याहरू भए पनि आवश्यकताका आधारमा विकास र विस्तार गरिदै लगिने बताउनुभयो । प्रमुख दाहालले महानगरपालिका भित्र रहेका कुनै पनि स्वास्थ्य केन्द्रहरू उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या आउन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा पटिहानी स्वास्थ्य केन्द्रले यस क्षेत्रका जन समुदायहरुलाई प्रभावकारी सेवा प्रधान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका योजनबद्ध र दिगो विकासको पक्षमा अगाडि बढेको बताउँदै प्रमुख दाहालले यसलाई सफल बनाउन रचनात्मक सहयोग र सुझाव दिन नगरवासीलाई आग्रह गर्नुभयो ।

दाहालले पटिहानी, जगतपुर, मेघौली पर्यटनको केन्द्र बन्ने प्रक्रियामा रहेको बताउनु भयो । अम्रेला स्टेट, भ्यू टावर, जंगल सफारी, डुङ्गा सयर र यहाँ बनेका पर्यटन पूर्वाधार पर्यटन पूर्वाधार यसका आधारहरु रहेको बताउनुभयो ।

प्रमुख दाहालले करका विषयमा अनावश्यक टिकाटिप्पणीहरू बाहिर आइरहेकोमा चिन्ता व्यक्त गर्दै भरतपुर महानगरपालिकाले वैज्ञानिक र वस्तुपरक कर प्रणाली लागू गरेको बताउनुभयो। उनले सबै क्षेत्रबाट यसको स्वागत भइरहेको पनि जानकारी दिइन । समृद्धिको आधार दिगो र वैज्ञानिक कर प्रणाली रहेको बताउँदै उहाँले सबै नगरवासीहरुलाई महानगरले तोकेका करहरू समयमै तिर्न आग्रह पनि गर्नुभयो ।

महानगरपालिकाको विकास र महानगरवासीको समृद्धिमात्र आफनो लक्ष्य रहेको बताउँदै उहाँले यसका लागि सहकार्य र एकता गर्न महानगर तयार रहेको बताउनुभयो । भरतपुर महानगरपालिका स्वास्थ्य विभाग प्रमुख जीवन श्रेष्ठले सबै नागरिरलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने लक्ष्य रहेकोमा भन्दै उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी सेवा प्रवाह गर्न महानगर तयार रहेको बताउनुभयो ।

जल्ला समन्वय समिती चितवनका सदस्य लक्ष्मी पुनले स्वास्थ्य क्षेत्रलाइ प्राथमिकतामा राखिनुपर्ने बताउदै स्रोत साधन र दक्ष जनशक्तिको व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो। भरतपुर महानगरपालिका वडा न १३ का वडा अध्यक्ष प्रकास दवाडीले पटिहानी स्वास्थ्य चौकीमा आधुनिक ल्याब सेवा सुरूगरेकोमा खुसी ब्याक्त गर्दै प्रभाबकारी सेवा प्रबाहगर्न स्वास्थ्य कर्मीहरूलाई आग्रह गर्नुभयो।

२२ नं वडाअध्यक्ष विष्णुराज महतोको अघ्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य केन्द्रमा उत्कृष्ट काम गर्ने कर्मचारी तथा महिला स्वयम् सेविकाहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा वडाअध्यक्ष महतोले वडामा भए गरेका कामकारबाही, सेवा प्रवाह र वडाका सम्भावना र आवश्यकताका बारेमा जानकारी गरएका थिए ।

पटिहानीमा संचालित स्वास्थ्य केन्द्रमा वडा न २२, २३, १३, र १४ का जनताले सेवा लिने गरेका छन् । दैनिक ७० र ८० जनाले सेवा लिनेगरेको स्वास्थ्य केन्द्र प्रमुख माधव पौडेलले बताउनुभयो । पौडेलका अनुसार दैनिक बिरामी जॉच, परिवार नियोजन सेवा, गर्भवती जॉच, सामान्य सल्यक्रिया, क्षयरोग कुष्ठरोगको उपचारका साथै खोप र स्वास्थ्य सुचना कार्यक्रमहरू चलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank