भुल्नै नसकिने दोरम्बा ‘हत्याकाण्ड’

दलित अनलाईन ३१ श्रावण २०७५, बिहीबार २३:४४

काठमाडाैं- दोरम्बा हत्याकाण्डकाे आज १५अौं स्मृति सभा अायाेजना गरिएकाे छ । सभामा नेपाल कम्युिनष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सहिद परिवारका सदस्यलार्इ सम्मान गनुभयाे । गरे ।

अध्यक्ष प्रचण्डले तत्कालीन शाही नेपाली सेनाले निर्ममतापूर्वक माओवादी कार्यकर्तालाई मारिएको घटना स्मरण गर्दै सहिदले गर्दा संघीय गणतन्त्र र पार्टी एकीकरण भएको भन्दै सहिद परिवारका सदस्यहरुलाई मन दरो पार्न अनुरोध गरे ।

सभालार्इ सम्बाेधन गर्दै अध्यक्ष तथा तत्कालिन नेकपा माअाेवादी जनयुद्दका सुप्रिम कमाण्डर प्रचण्डले फेरि एक पटक जनयुद्ध र सहिदका परिवारलाई सम्झिए । उनले सहिदकाे सपना खेर जान नदिने प्रतिवद्धता र न्यायका लागि पहल गर्ने आश्वसन दिए ।

अध्यक्ष प्रचण्डले काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र काभ्रेको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्ने आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । साथै उनले सहिद परिवारका बालबच्चाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने र द्वन्द्वमा मारिएका सबैको भरण पोषण सरकारले गर्नु पर्ने बताए ।

पीडितले हत्याकाण्ड भएको १५ वर्ष हुँदा पनि न्याय नपाएको भन्दै गुनासो गर्दै आएका छन् । दुई चरणमा घटनाको अनुसन्धान गरिए पनि घटनामा नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रि मानव अधिकार संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको थियो ।

दोरम्बा घटना २०६० साल साउन ३२ मा तत्कालिन सरकार र बिद्रोही पक्षबीच भएको युद्ध बिरामका समयमा राज्य पक्षबाट घटाइएको क्रुर हत्याकाण्ड हाे । यस घटनामा  २२ जनाको हत्या भएकाे थियाे ।

तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारी पक्षबीच युद्धविराम गर्ने सहमति अनुसार दाङको हापुरेमा सरकारी पक्ष र विद्रोहीबीच वार्ता चलिरहेको थियो। दोरम्बामा तत्कालिन बिद्रोही नेकपा माओवादीको इलाका बैठक बसिरहेको थियो । बैठकमा ३३ जनाको सहभागिता थिए ।

वार्ता चलिरहेका बेला बिना कुनै डर बैठकमा बसेका बेला रामेछाप सदरमुकाम मन्थलीबाट २५ कोस टाढा २ दिन पैदल हिडेर बैठक स्थल पुगेको सेनाले नियन्त्रणमा लिएर २२ जनाकाे हत्या गरेकाे थियो । दाेरम्बा हत्याकाण्डपछि सरकार र बिद्रोही पक्षबीच वार्ता भाँडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank