चार विधेयक स्वीकृत

दलित अनलाईन २९ श्रावण २०७५, मंगलवार २०:०५

काठमाडौँ –  राष्ट्रियसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ लाई बैठकले स्वीकृत गरेको हो ।

यस्तै बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, र ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई पनि स्वीकृत गरेको छ ।

ती विधेयकमाथि सांसद रामनारायण विडारी, राधेश्याम अधिकारी, जीवन बुढा, प्रकाश पन्थ, विमला राई पौडेल, जितेन्द्रनारायण देव लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank