भैसीले बाटो छोएको निहुँमा धनुषामा कुटिए उत्तिमलाल दास (भिडियोसहित)

दलित अनलाईन २८ श्रावण २०७५, सोमबार २१:५०

काठमाडौ– धुनषा पौडेश्वर १ का उत्तिमलाल दास जेठ २८ गते बेलुका घरबाटै औरी गाउँपालिका अध्यक्षको भाइबाट कुटिएका छन् ।
दासले घर अगाडीको बाटोमा भैसी चराउँदै गर्दा बाटो छोएको निहुँमा गाउँपालिकाका अध्यक्षका भाई भुवनेश्वर यादवबाट कुटिएका हुन् ।
इलाका प्रहरी कार्यालय कप्लेश्वरले उजुरी दर्ता गर्न नमानेपछि दास राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगमा उजुरी दर्ता गर्न आइतबार राजधानी आइपुगेका छन् ।
आफुलाई कुटपिट गरी जातीय छुवाछूत गर्नेविरुद्ध उजुरी दर्ता गर्न राजधानी आएर राष्ट्रिय दलित आयोगमा जाँदा आयोगबाट उजुरी दर्ता नगरेपछि दास झनै निराशामा हुनुहुन्छ ।
दासको टोली आइतबार १० बजे नै जावलाखेलस्थित राष्ट्रिय दलित आयोगको कार्यालयमा पुग्नुभएको थियो । तर कार्यालय समयको एक घण्टा ढिलो ११ बजे कार्यालय खुले पनि उहाँको उजुरी दर्ता हुन सकेनन् । आफुमाथि जातीय विभेद गरी कुटपिट गर्ने पीडकलाई कारबाही गराउन उजुरी लिएर आएका थियौं, तर आयोगको पदाधिकारीविहिन हुँदा कार्यालयबाट उजुरी दर्ता हुन नसकेको उत्तिमलाल दासले बताउनुभयो । दासका अनुसार लेखा अधिकृतले अहिले दलित आयोगको हेरचाहका लागि मात्रै आफुहरु कार्यालयमा आएको भन्दै उजुरी दर्ताका काम सबै रोकिएको सुनाएका थिए । ‘हामी न्यायका लागि आयोग आएका थियौं, तर उजुरी दर्ता भएन ,उहाँले भन्नुभयो,‘अब कहाँबाट न्यायका लागि लड्नेँ ।’
राष्ट्रिय दलित आयोग अब संवैधानिक रुपमा गठन हुने भएकाले अहिले ज्यादै महत्वपूर्ण कामहरु आयोगबाट रोकिएको आयोगका लेखा अधिकृत रामस्वरुप राजभण्डारीले बताउनुभयो ।‘संवैधानिक आयोगका गठनमा ढिलो हुँदा जातीय विभेदका घटनाहरु केही काम गर्न सकिएको छैन ।’
कुटपिट गरेको भोलीपल्टै इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न गए पनि उजरी दर्ता नगरी मेलमिलाप गराउन प्रहरी लागेको दासले बताउनुभयो । मैले भोलीपल्टै उजुरी दर्ताका लागि प्रहरीकोमा गएँ, तर के कारणले उजुरी दर्ता भएन ।’
दलित भएकै कारण आफुहरुलाई गाउँपालिकाको अध्यक्षको भाइको धम्की र दाइको आँडमा भाइले आफुहरुलाई मारेर फाले पनि केही गर्न नसक्ने भन्दै दासलाई कुटपिट गरी घाइते बनाएको धनुषा सबैला नगरपालिका १२ का संयुक्त दलित मोर्चाका उपाध्यक्ष दिपनारायण दासले बताउनुभयो । ‘हामीहरुमाथि जातीय छुवाछूतकै आधारमा कुटपिट भयो, प्रहरी उनकै पक्षमा भएर उजुरी दर्ता गरेन् हजुर ।’
इलाका प्रहरी कार्यालय कप्लेश्वरले सई महेश यादवले गाउँको घटना भएको कारण सहमतिमै मिलाउन खोजिएको भन्दै उजुरी दर्ता नगरेको बताउनुभयो । ‘हामीले उजुरी दर्ता गरेका छैनौं, सहमतिमै मिलाउने भनेका हौं ।’
घटना के थियो
जेठ २९ गते विहान घर अगाडीको बाटोमा भैसी चराउँदै थिए । बाटोमा हिडिरहेको भैसीले बाटोको छेउमा रहेको खेतमा पाइला मात्रै के टेकेको थियो,धुनषा औरी गाउँपालिकाका अध्यक्ष पम्मदेव यादवका भाइ भुवनेश्वर यादवा दलित भएर खेतमा भैसी हाल्ने भन्दै गाली गरेका थिए । यसभन्दा पहिले पनि चैत ३ गते गाउँको बाटो ग्याभेल गर्ने समयमा आफ्ना जग्गा जोगाउँदै दासको अगाडिको जग्गा मिचेर बाटो बनाएका थिए । त्यतिवेला पनि धम्काउँदै दलित भएकोले धेरै नबोल्न चेतावनी दिएका थिए । जेठ २८ गते पनि विहान सामान्य भनाभन भएको थियो । तर बेलुका ७ बजेतिर घरमै बसेको अवस्थामा यादव आएर दलित भएर धेरै बोल्न नहुने भन्दै लौरोले हानेका थिए । यादवको कुटाइबाट दासको तीनवटा दाँत झेरेको छ । यादवको कुटाइबाट घाइते बनेका दासलाई उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो ।

https://www.facebook.com/ashokdarnal

https://www.facebook.com/ashokdarnal/videos/10212654973391239/?t=7

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank