प्रहरी हस्तक्षेपकै बीचमा विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

दलित अनलाईन २ श्रावण २०७६, बिहीबार १३:३९

काठमाडौं– समावेशी र समानुपातिक सिद्धान्त विपरित खुलाइएक लोक सेवा आयोगको विज्ञापन खारेज हुनुपर्ने माग सहित आन्दोलन उत्रिएको ‘आरक्षण बचाउ आन्दोलन’ले लोक सेवा आयोगका अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
आयोगले जेठ १५ गते ९ हजार १ सय ६१ स्थानीय तहका कर्मचारीहरुको लागि विज्ञापन खुलाएको थियो । उक्त विज्ञापनमा संविधानले सुनिश्चित गरेको समावेशी तथा समानुपातिक सिद्धान्तलाई वेवास्ता गरी विज्ञापन गरेको थियो ।
‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेकाले केहीबेर सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

प्रदर्शनले तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको थियो । लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् । अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
यो मामला सर्वोच्च अदालतमा समेत पुगेको थियो । सर्वोच्चले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ । यसअन्तर्गत शुक्रबारबाट परीक्षा सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank