अब डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए ५ वर्ष जेल

दलित अनलाईन २६ श्रावण २०७५, शनिबार १९:४३

काठमाडौं- अबदेखि डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए वा अंगभंग भएमा त्यस्ता डाक्टरलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । भदौ १ गते देखि लागू हुने मुलुकी अपराध ९संहिता० ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । ऐनमा ‘कानुनबमोजिम इलाज ९उपचार० गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’

त्यस्तै चिकित्सा सम्बन्धि विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरेपनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा मात्रै तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने प्रावधान छ ।

यस्तै मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ । इलाज सम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank