सिमरा – बाराको सिमरा अयोजित २४ औं विश्व आदिबासी दिवसको अवसरमा कृषि तथा पशुपंक्षि बिकास राज्यमन्त्री रामकुमारी चौधरीले आदिवासीहरुले देश बिकास र संबृध्दिमा लाग्नु पर्ने बताउनुभयो।
आदिवासी जनजातीहरुको आन्दोलनको बलमा संघीयता स्थापना भएकोले अब संघियतालाई रक्षा र बिकासको निम्ति हामी आदिबासी जनजातीहरुले अग्र मोर्चामा रहेर भुमिका खेल्नु पर्ने बताउनुभयो ।
अहिले सरकारले जनपक्षिय काम गर्दै अगाडी बढी रहेकोले आतिएको बिपक्षिहरु अनर्गल प्रचारबाजी गरेको र सरकारलाई अप्ठ्यारो पार्ने कार्यमा लागेको बताइन । आन्दोलनले गरेको उपलब्धिलाई संस्थागत गर्न अब हामी सबै मिलेर बिकासको बाटोमा लाग्नु पर्ने बताउनुभयो ।
संविधानमा आदिबासीहरुको पक्षमा संबैधानिक अयोगहरु पनि बनेकोले अब छिटै सरकारले पदाधिकारी नियुक्त गर्ने र यस्ले धेरै समस्याहरुको हल गर्ने बताइन। हामीलार्इ विभिन्न राष्ट्रघाती तत्वहरुले उक्साउन खोजिरहेको छ तर हामी समयमित भए मात्रै हाम्रो अधिकारलार्इ रक्षा गर्न सकिने बताउनुभयो।
संविधानमा भएको अधिकारलाई रक्षा गर्नु मुख्य कुरा हो तर आवश्यकता परे संविधान संशोधन पनि गर्न सकिने मन्त्री चौधरीले बताउनु भयो ।नेपाल आदिवासी जनजाति समन्वय परिषद बारा ध्दारा आयोजित कार्यक्रममा प्रदेश २ का सभासदहरु ज्वाला साह, सुन्दर बिक,शोभा लामा ,सीता गुरुङ र स्थानीय प्रतिनिधिहरुको समेत उपस्तिथि थियो ।
Leave a Reply