गृहमन्त्रीलाई आईजीपीको ब्रिफिङ – इन्काउन्टर भएकै हो

दलित अनलाईन २४ श्रावण २०७५, बिहीबार १५:५१

काठमाडौं– भक्तपुर इन्काउन्टर प्रकरणबारे महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई विहीबार औपचारिक ब्रिफिङ गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे ब्रिफिङ गरेको हो । गहृस्रोतका अनुशार सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटनाबारे बताएका हुन् । भेटमा उनले ‘बाहिर प्रचार गरिएको जस्तो भक्तपुर घटना फेक नभएको’, बताएको बताइन्छ ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो ।

इन्काउन्टर घटनाबारे सरकारले छानबिन गर्ने बताइरहेका बेला प्रहरीले गृहलाई घटनाबारे विफ्रिङ गरेको हो ।  बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानविनको प्रतिवद्धता जनाउनुभएको हो । इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरीसमेत दिएका छन् ।

यस्तो थियो अपहरणकारी र एसएसपी बीचको एसएमएस प्रकरण ?

आईतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण अझै खुल््न सकेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले पैसाकै लागी नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङले निशानको हत्या गरेको दाबी गरिरहेका छन् । ‘इन्काउन्टर’ मा अजय र गोपाल दुवैको मृत्यु भैसकेकोले अपहरणभित्रको रहस्य बाहिर आउन सकिरहेको छैन ।

आइतबार साँझ अपरिचित नम्बरबाट आफ्नो सन्तानको अपहरण भएको र छोरा पाउनका लागी शुरुमा २ करोड त्यसपछि ४० लाख फिरौती चाहिने सूचना आएपछि निशानकी आमा चमेली खड्काले प्रहरी कन्ट्रोल ‘१००’ मा फोन गरेकी थिइन् ।

महानगरीय प्रहरी कन्ट्रोलले तत्काल महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) मनोज न्यौपाने र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख ((एसएसपी) विश्वराज पोखरेललाई घट्नाबारे जानकारी गराएको थियो । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले पनि तत्काल घटनाको जानकारी पाएका थिए ।

बालक अपरहरण भएको सूचना पाएपछि महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी गोविन्द काफ्लेलाई घट्नास्थलतर्फ जान आदेश दिएका एसएसपी विश्वराज पोखरेलले निशानको आमा चमेली खड्कालाई फिरौती माग गर्ने नम्बरमा एउटा एसएमएस पठाए, ‘बच्चा तुरुन्त छोड, नत्र तेरो दिन सकिन्छ  भन्दै म्यासेज पठाएका थिए ।  पोखरेलले पठाएको त्यही एसएमएसका कारण अपहरणकारीहरुले ‘पुलिसले थाहा पाइसक्यो भन्दै’ बच्चा मारेको तर्क कत्तिपयले गरेका गरिरहे पनि  वास्तबिकता भने  त्यस्तो नभएको पाइएको छ ।

नेपाल टेलिकमको कल डिटेल अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोबाइल नम्बर ९८४३६२०६७०  मा महानगरीय अपराध महाशाखाका प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावलले राती ९ बजे फोन गरेका थिए । रावलले फोन गर्दा नै अपहरणकारीले उक्त सिमकार्ड अफ गरिसकेका थिए ।
टेलिकमकै रेकर्ड अनुसार काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले राती ९ बजेर ४६ मिनेट २० सेकेन्डमा चेतावनीसहितको म्यासेज पठाएका थिए । फोन अफ भएकाले उक्त म्यासेज डेलिभर नै भएन ।

प्राप्त नेपाल टेलिकमको रेकर्ड अनुसार एसएसपी पोखरेलले पठाएको म्यासेज भोलिपल्ट अर्थात सोमबार बिहान ९ बजेर ८ मिनेट ४४ सेकेन्डमा डेलिभर भएको छ, जत्तिबेला निशानको हत्या भैसकेको थियो ।

समाचार स्रोतका अनुसार महानगरीय अपराध महाशाखाबाट अप्रेशनमा खटिएको प्रहरी टोलीले ९८४३६२०६७० नम्बरको सिमकार्ड अजय तामाङको गोजीमा फेला पारेको थियो । सिमकार्ड फेला परेपछि प्रहरीले अर्को सेटमा हालेर स्विच अन गर्दा पोखरेलले पठाएको म्यासेज देखिएको थियो ।

९८४३६२०६७० गोपाल र अजयले बच्चा अपहरणपछी फिरौती माग्न प्रयोग गरेको नयाँ सिमकार्ड थियो । उक्त नम्बर उनीहरुले गोपाल तामाङको मोबाइलमा हालेर चमेलीलाई फोन गरेका थिए । यही नम्बरबाट शुरुमा दुई करोड माग गरेका उनीहरुले करीब दुई मिनेटपछि अर्को फोन गरेर चमेलीलाई दुई करोड नदिए ४० लाख दिनु धम्की दिएका थिए ।  चमेलीसँग दोस्रो कुरा भएपछि बन्द भएको उक्त सिमकार्ड पछि प्रहरीले बरामद गरेपछि मात्र खुलेको प्रहरी स्रोतको भनाई छ ।

त्यस बीचमा ९८४३६२०६७० नम्बरको सीमकार्ड झिकेर अपहरणकारीहरुले ९८६१५५५१९९ नम्बरको सीमकार्ड सोही मोबाइल सेटमा हालेर चलाए । उक्त सिमकार्ड गोपालको पहिल्यैदेखि चलाउँदै आएको नम्बर हो । सोही सेटको आईएमईआई नम्बर ट्रेस गरेर प्रहरी अपहरणकारीसम्म पुगेको बताइएको छ ।

आईएमईआई नम्बर ट्रेस गरेपछि देखिएको गोपालको पुरानो नम्बरका आधारमा देखिएको लोकेशनका आधारमा अपहरणकारीसम्म अपराध महाशाखाबाट खटिएको प्रहरी टोली पुग्न सफल भएपनि  निशानालाइ भने बचाउन सकेनन् । अनतः अपहरणकारी अन्ततः उनीहरु प्रहरी ‘इन्काउन्टर’को शिकार भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank