सकियो लुमन्तीको २५ औ वार्षिकोत्सव

दलित अनलाईन १८ श्रावण २०७५, शुक्रबार १०:३८

काठमाडौं । विपन्न वर्गको आवासको लागि दशकौंदेखि संघर्षरत लुमन्ती नामक गैरसरकारी संस्थाले राजधानीमा आफनो २५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा लुमन्ती आवासका लागि सहयोग समूहले विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ ।

कार्यक्रममा लुमन्तीका अध्यक्ष सुष्मा बज्राचार्यले लुमन्तीले विपन्न वर्गको आवासका लागि गरेको संघर्षको कथाहरु सुनाइन् । कार्यक्रममा लुमन्तीका म्यानेजिङ डाइरेक्टर लजना मानन्धरले लुमन्तीले गर्दै आएका विभिन्न कार्यक्रमहरुबारे प्रकाश पारिन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलगायतका विशिष्ट महानुभाबहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा लुमन्तीले यसअघि पनि विभिन्न कार्यक्रमहरु गरेको थियो । विपन्न वर्गको आवासका लागि एकहप्ते कार्यक्रम गरेको थियो । छुटाछुटै रुपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँंहरुमा बहस, छलफल, अन्तरक्रिया, मिडिया टुरलगायतको कार्यक्रम गरेको थियो ।

विपन्न वर्गको आवासका लागि संघर्षरत डा रमेश मानन्धरको स्मरणमा लुमन्ती नामक गैर सरकारी संस्था दर्ता गरी सञ्चालन गरिएको थियो । हवाई दुर्घटनामा परी मृत्यु भएका डा मानन्धरको विपन्न वर्गको आवासमा पहुँंच पुयाउने लक्ष्यलाई साकार पार्न अहिलेसम्म पनि लुमन्ती सक्रिय रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank