बर्दिया स् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताउनु भएकाे छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने जिल्लाहरुमा निर्माणाधीन पूर्वाधारहरुको अनुगमनका क्रममा बर्दिया आउनुभएका मन्त्री विश्वकर्माले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्ने गरी मन्त्रालयले तयारी तीब्र रुपमा अघि बढाएको बताउनुभयाे ।
प्रदेश ५ अन्र्तगत बर्दिया, बाँके, दाङ, कपिलवस्तुलगायतका जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु सञ्चालन हुने मन्त्री विश्वकर्माले जानकारी दिनुभयाे । मंसिर २१ गते देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा ३५ खेल समावेश हुने उनले जानकारी दिए। कतिपय रंगशाला तथा कभर्डहल निर्माणाधीन अवस्थामा रहेकाले समयमै काम सम्पन्न गर्न उनले निर्देशन समेत दिए। प्रतियोगिताको तयारीसँगै निर्माणाधीन खेलकुद स्थलहरुको अनुगमनलाई समेत तीब्रता दिइएको उहाँले बताउनुभयाे।
बर्दियाको बाँसगढी नगरपालिकामा कबड्डी तथा ठाकुरबाबा नगरपालिकामा खोखो खेलका लागि कभर्ड हल निर्माण भइरहेको छ। दक्षिण एसियाली खेलकुदमा कांस्य पदक प्राप्त गरेका बर्दियाका खोखो खेलाडीलाई मन्त्री विश्वकर्माले सम्मान पनि गर्नुभयो ।
Leave a Reply