२७ दिनदेखि अनसन बस्दै आउनुभएका डा. गोविन्द केसीले विहिबार राति अनसन तोड्नुभएकाे छ । २२ बुँदे सहमतिमा अनसन तोड्ने सहमति भएपछि अनसन तोड्नु भएकाे हो ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनशनरत डा गोविन्द केसीको वार्ता टोलीसँग सहमति जुटेकोसँगै बार्ता टुङ्गिएको हो । जुम्लामा गएर अनसन बसेका डा. केसीको स्वास्थ्यामा समस्या आएपछि उपचारार्थका लागि काठमाडौं ल्याएर टिचिङ अस्पतालमा राखिएको थियो ।
Leave a Reply