दृष्टिविहीन सुस्मिता विकको बालबच्चाको विजोग

दलित अनलाईन १० श्रावण २०७५, बिहीबार ११:२८

निर्मल खत्री

पर्वतको जलजला–४ लामाखेत भाडाको कोठामा बस्दै आउनुभएकी सुस्मिता विक र श्रीमान जलन विक दृष्टिविहीन भएपछि जीवन धान्न धौधौ भएको छ ।
म्याग्दीको धौलागिरी गाउँपालिका– ७ ताकम पुर्खौली घर भए पनि पर्वत जलजला–४ लामाखेतमा विगत ४ वर्षदेखि बस्दै आउनुभएका दृष्टिविहीन दम्पतीलाई जीवन धान्न धौधौ भएको हो ।
दृष्टिविहीन दम्पतीले दैनिक गुजारा गरेर बिहान–बेलुकाको छाक टार्न समस्या हुँदा मागेर खानुपरेको छ । असारको झरीसँगै साँझ, विहान के खाउँ भन्ने पिरलो परेको सुस्मिता विकले बताउनु भयो । परिवारका मुख्य अभिभावक दुवै दृष्टिविहीन भएपछि छोराछोरीको लालनपालन, शिक्षा दीक्षा तथा खानपानका लागि छाक टार्न समस्या भएको उहाँले दुखेसो गर्नुभयो । ‘निकै कष्टपूर्ण जीवन धानेका छौं, कसैले केही दिएको भरमा छोराछोरीको पेट भरिन्छ ,उहाँले भन्नुभयो ,‘हामीलाई सहयोग गर्ने को मनकारी होला र ? ।’
चार छोरी र एक नाबालक छोरा रहेका दृष्टिविहीन दम्पतीको समस्याका चाङहरु छन । ‘गाउँमा जमिनदारको घरमा बस्दै आएका थियौँ, हाम्रो आफ्नो केही छैन,’ श्रीमान जलन भन्नुहुन्छ, ‘पहिले बालबच्चा काखमा च्यापेर कबेनी बजारको चोक–चोकमा गीत गाउँदै हिँड्यौँ, तर दैनिक गुजारा चलाउन निकै समस्या प¥यो ।’
विभिन्न संघसंस्थाले सहयोगको आशा देखाएको भए पनि सहयोग नगरेको सुस्मिताले दुःखेसो पोख्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank