दलित अनलाईन

दलितमाथि विभेद गर्ने वडाअध्यक्षलाई दलित मुक्ति मोर्चा नेपालले कारबाही गर्ने

दलित अनलाइन साउन ९, २०७५

काभ्रे —क्रियापुत्री भवन प्रयोग गर्नबाट रोक लगाउने वडाअध्यक्ष पुष्कल ढकाललाई विप्लब माओवादी निकट दलित मुक्ति मोर्चा नेपाले सरकारले कारबाही नगरे आफुहरुले कारबाही गरेर देखाउने चेतावनी दिएका छन् ।
मंगलबार मोर्चाले काभ्रेबाट विज्ञप्ती जारी गदै दलित समुदायमाथि विभेदका घटनाहरु नरोकिएको अवस्थामा काभ्रेमा बडाअध्यक्षबाटै क्रियापुत्री भवन रोक लगाएको हुँदा सरकारले कारबाही नगरे आफुहरुले कारबाही गर्न घोषणा गरेको हो ।
स्थानिय कुमार परियार, रुवेन परियार र शम्भु परियारको परिवारलाई पिताको क्रिया गर्नका लागि क्रियापुत्री भवन प्रयोग गर्न वडाअध्यक्षसँग अनुमति माग्दा वडाअध्यक्षबाट भवन प्रयोग गर्ने रोकिएको थियो । स्थानिय निकायले समेत दलितलाई क्रियापुत्रि भवन प्रयोगमा रोक लगाएको भन्दै पीडकलाई हदैसम्मको कारबाहीको माग समेत मोर्चाले गरेको छ ।
पीडितले उजुरीमा साउन ०४ गते पीता हर्क बहादुर परियारको निधन भएको र क्रियापुत्रीले खाना पकाउने भवन प्रयोगका लागि आग्रह गर्दा नदिइएको भन्दै साउन ७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दर्ता गरेका छन् ।
पीडितहरुले उजुरी दर्ता गरेसँगै जिल्ला प्रहरी कार्यालयले बुधबार दुवैपक्षलाई बोलाएर छलफल चलाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank