मुक्त हलियाको ३० लाखभन्दा बढि रकम फ्रिज

दलित अनलाईन ५ श्रावण २०७५, शनिबार १९:५६
शेर बहादुर सार्की
 

बाजुरा – मुक्त हलिया पुर्न स्थापनाका लागि नेपाल सरकारले आर्थिक वर्ष ०७४÷०७५ मा दिएको बजेट मध्ये ३० लाख ९७ हजार ६ सय २३ रुपैँया फ्रिज भएको छ । आर्थिक वर्ष ०७४ ÷०७५ मा मात्र २ करोड ६५ लाख १४ हजार ३ सय ६७ रुपैँया खर्च भएको बताइएको छ । स्टिमेटका आधारमा प्राविधिक मूल्यांकन अनुसार कम आएको र हलियाहरुले समयमै काम नगर्दा बजेट फ्रिज भएको जिल्ला मालपोत कार्यालय बाजुराका प्रमुख करन बहादुर सिहंले बताउनुभएको छ ।

बाजुरा जिल्लामा हलियाका लागि विभिन्न काम हुँदै आए पनि मुख्य हलिया नै प्रमाणीकरणमा परेका छैनन् । आर्थिक वर्ष ०७१ ÷०७२ देखी हलिया प्रमाणीकरण तथा मुक्त हलियाका अभियान संचालन गरे पनि कार्यान्वयनमा ढिलाइ हँुदै आएको छ । हाल बाजुरा जिल्लामा क वर्गका मुक्त हलियाका ३६ परिवारका घर निर्माण, ४७ परिवारलाई जग्गा उपलब्ध , ख र ग वर्ग गरी ६ सय ७४ परिवारका घर मर्मत समेत नेपाल सरकारको पहलमा गरिसकिएको दलित अगुवा डबल विकले बताउनुभयो ।

त्यसैगरी ख र ग वर्गका २ सय ९२ परिवारलाई घर मर्मतको कार्य बाँकी रहेको बताएको छ । क वर्गमा परेका मुक्त हलियाका लागि जग्गा खरिद र घर निर्माणका लागी ५ लाख २५ हजार प्रति परिवार रहेको छ भने ख र घ वर्गका मुक्त हलियाको घर मर्मतका लागि प्रति परिवार १ लाख २५ हजार बजेट रहेको बताइएको छ । परिचय पत्र मात्र लिएका क वर्ग १ सय ६ जना, ख वर्गका २ सय २२ , ग वर्गका २ सय २१ र घ वर्गका ७ सय ३७ परिवार रहेका छन् ।
मुक्त हलिया परिचय पत्र नपाउनेमा क वर्गका २० जना, ख वर्गका ३० जना, ग वर्गका १० जना र घ वर्गका १ सय १ जना रहेको बताइएको छ । प्रमाणिकरणमा नभएका १ सय २९ जना र लागतबाट हटाइएका १ सय ४१ परिवार रहेको विकले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank