दलित अनलाईन

बिश्वकर्माको छोरा “डाक्टर साब”

दलित अनलाइन साउन ४, २०७५

आर्थिक अभावका कारण पढ्न सकिन भन्नेहरुलाई गतिलो जवाफ दिदै गुल्मीका एक विपन्न दलित परिवारका युवा यति वेला डाक्टर बनेका छन् । मालिका गाउँपालिका वडा नम्वर १ साविकको नेटा गाविसका काँशीराम बिक लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासबाट यसै हप्ता एमबिबिएस डाक्टर बनेका हुन् ।

साविकको नेटा गाविसमा सामन्य खरको झुपडीमा जन्माएका बिकको दुई महिना पनि खान नपुग्ने जमिन रहेको र उनि जस्ता विपन्न डाक्टर बन्नु भनेको हामी सवैका लागि गौरव र प्रेरणाको विषय बनेको स्थानिय शिक्षक प्रेम बिकले बताए ।
त्रिभुवन विश्व विद्यालयबाट सबन्धन प्राप्त लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा ४ वर्ष सम्मको अध्यन सकेर यस हप्ता देखि डाक्टरको जिम्मेवारी सम्हालेका २६ वर्षिय बिकले आफुले एसएलसी पास गर्ने बेला सम्म डाक्टर बनुँला भन्ने कल्पना समेत नगरेको प्रतिकृया दिए ।
२०६५ सालमा सरस्वती मावि साविकको नेटा–३ बाट ७५।५ अंक लिई एसएलसी गरेका बिकको स्कुले विद्यार्थी जिवन कहाली लाग्दो भएको उनी आफै स्वीकार गर्छन् ।

डाक्टर बिकको विगत र वर्तमान
‘पिता टोकबहादुर बिक, काम गर्न नसक्ने विरामी हुनुहुन्थ्यो, आमा मनरुपाको निमेक मजुरीबाट पढेको हुँ । दुईवटी आमाहरु हुनुहुन्थ्यो । फाटेकै जाँगे लगाएर पढेको हो, अहिले नसोचेकै सफलता प्राप्त भयो, यसको श्रेय म मेरो प्रत्येक सहयोगीलाई दिन चाहन्छु ।” बिकले भने, “ति मध्येका एक जना जो मेरा छिमेकी र गुरु पनि हुनुहुन्छ दिनानाथ पौड्याल जसले मेरो जिवनमा नसोचेकै सपना पुरा गराई दिनुभयो, उहाँलाई मैले जति सम्मान गरे पनि कम हुन्छ । एसएलसी पास गरेपछि म उहाँकै बोलावटमा पहिलो पटक काठमाण्डौं पुगेको थिएँ ।

उनी थप्छन्, “सोँच्न त विज्ञान विषय लिएरै पढ्छु भन्ने सोचेको थिएँ तर उहाँको सहयोग विना काठमाण्डौ ६ महिना पनि बस्न सक्ने अवस्था थिएन । अन्ततः म उहाँकै कोठामा ६, ७ महिना बसेर पढें । पछि उच्च माध्यामिक शिक्षा परिषदबाट उहाँकै पहल र मेरो मेहनतमा स्कलरशिप पाएँ ।”
त्यस पछि होस्टलमै बसेर बढ्दै यहाँ सम्म आएको हुँ । म एकदम लक्की हुँ, जसले त्यो अवस्थाबाट यो अवस्थामा आउने अवसर पाएँ, यसर्थ पनि म हिजो जस्तै विकट र विपन्न समुदायको सेवा गर्ने चाहना राखेको छु । ’
उनको विपन्न परिवारमा कहिले पहिरोले घर पु¥यो । कहिले आगलागी भएर जिउधनको क्षती समेत भयो । तर पनि उनले कत्ति हरेस खाएनन् । उनि थप्छन्, “खै यसअघि हाम्रो समुदायबाट गुल्मीमा अरु डाक्टर बनेको मैले पनि सुनेको छैन, सम्भतः म नै हुँ कि भन्ने लागेको छ तर त्यसको आधिकारिकता भने छैन ।”

एउटै वडामा दलितहरु डाक्टर सहित ७ जना डिग्री होल्डर
डाक्टर बिककै गाउँ नेटा हो जहाँ सदरमुकाम तम्घास लगायत जिल्लाभरका दलितहरु भन्दा त्यहाँका दलितहरु र्शैक्षिक रुपमा धेरै अगाडी छन् ।
उनि एक जना डाक्टर सहित त्यस गाउँमा ७ जना डिग्री होल्डर बिश्वकर्माहरु छन् । य जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरीक्षक झविलाल बिक, सामाजिक क्षेत्रमा कार्यरत विजय बिक, नेपाल प्रहरीका पुर्व प्रहरी निरक्षक राजेन्द्र बिक, प्रहरी सहायक निरक्षक विनय बिक, अमिन कल्पना बिक र कमला बिक त्यहाँका डिग्री होल्डरहरु हुन् । सोही स्थानका स्नातक उतिर्ण धर्मेन्द्र बिश्वकर्मा काठमाण्डौ खानेपानी विभागमा सुव्वा तहमा कार्यरत रहेका छन ।
स्नातक र सो भन्दा तल अध्यानरत ८ जना दलित समुदायका युवा युवती त्यहाँ शिक्षक रहेका छन् । सुन्तली परियार , सीता बिक, तारा बिक, रुमा बिक, प्रेम बिश्वकर्मा, सिता अर्याल बिक, सोनु बिक शिक्षक पेशामा कार्यरत छन् ।
त्यस्तै पुनाराम बिक, अर्का प्रेम बिक, माया बिक, सुनिता बिक, दिलमाया बिक, सविता बिक, सजना बिक, दानबहादुर बिक, भिमबहादुर बिक, नविन बिश्वकर्मा , राहुल विक सहित दलित समुदायबाट २४ जनाले प्रविणता प्रमाण पत्र तहको अध्यान प्राप्त गरेका छन् ।
त्यस्तै विज्ञान विषयमा ३ जनाले प्रविणता प्रमाण पत्र प्राप्त गरेका छन् । , सिएमए २ जनाले गरेका छन् । सो सरहको अध्यान गरेका नेपाल प्रहरीमा दुई जना र नेपाली सेनामा २ जना रहेका छन् । २०६८ सालको जनगणना अनुसार
अहिले नयाँ पिढीमा १३ जनाले प्रवेशिका परिक्षा उतिर्ण गरेका छन् । सावित्रा बिक, थमन बिक, राजु बिक, चन्द्र बिक, ज्योति बिक, शान्ति बिक, शिवा बिक, कमला परियार , लक्ष्मी बिक, विमल बिक, दिपक बिक, वालकृष्ण बिक, र लिलबहादुर बिक प्रवेशिका परिक्षा उतिर्ण गरी क्याम्पस पढ्दै रहेको अमर मावि नेटाका विज्ञान विषयका शिक्षक प्रेम बिकले बताए । त्यहाँका दलितहरु अर्काको घरमा निमेक मजदुरी गरेरै भए पनि छोरा छोरीलाई पढाउनु पर्छ भन्ने मान्यता धेरै अघि देखि नै राख्दै आएका छन् ।
२०६८ सालको जनगणना अनुसार २ सय ४७ दलित घरधुरी र उनिहरुको जनसंख्या १५ सय ८४ रहेको छ । जहाँ अन्य जाती छैनन् । ३ सय २२ घरधुरी जनजातीमा २६ सय ३६ उनिहरुको जनसंख्या रहेको छ । जनजातीको जनसंख्या बढि रहे पनि दलितहरुको तुलनामा जनजातीहरु शैक्षिक क्षेत्रमा धेरै पछाडी रहेको मालिका वडा नम्वर १ का वडाध्यक्ष ईन्द्रबहादुर घर्तिले बताए ।
उनले भने–‘ खै के भन्नु , दलितका छोरा छोरी कोही डाक्टर बने, कोही विनि छन तर जनजातीहरु मध्ये कतिपय अहिले पनि बाटोमा जाँड खाएर लडेको दृश्य देख्नु पर्दछ । ’ जेहोस पछिल्लो चरण धेरै जनजातीहरु पनि सु–सुचित हुँदै आएकोले उनिहरु पनि शैक्षिक क्षेत्रमा लम्कीदै जान थालेको उनले बताए ।
राजनैतिक रुपमा पनि त्यहाँका दलितहरु अगाडी नै छन् । नेपाली कांग्रेसका घर्तिले झिनो मतले माओवादी केन्द्रका उमेदवार जितबहादुर सुनारलाई हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए । पराजित सुनारका पिता त्यस गाउँमा तवेलामा घोडा पाल्ने पहिलो व्यक्ति थिए । उनि त्यस गाउँमा संभ्रान्त परिवारमा गनिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank