प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्‍ले गर्‍याे स्वीकृत

दलित अनलाईन २९ भाद्र २०८०, शुक्रबार १९:३४

काठमाडौं— शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण स्वीकृत गरेको छ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ।

चीन भ्रमणका क्रममा पहिलो दिन ले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन्।

२५ सेप्टेम्बरमा प्रधानमन्त्री दाहालले बेइजिङमा समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यक्रम छ।

सोही दिन उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछीङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिको विकासका क्षेत्रको अवलोकन गर्नेछन्।

प्रधानमन्त्री दाहाल तिब्बतको भ्रममा जाने र त्यहाँ उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank