राष्ट्रियता र स्वाधीनताका पक्षमा लड्ने नेता पुष्पलाल

दलित अनलाईन ४ श्रावण २०७५, शुक्रबार २०:११

ललितपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा पुष्पलाल रहेको बताउनुभएको छ ।

पुष्पलालको ४० औँ स्मृति दिवस पारेर ललितपुर स्मृति प्रतिष्ठानले आज लगनखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “पुष्पलाल प्रजातन्त्रका लागि सधैँ संघर्षशील रहनुभएको थियो ।”

नेता नेपालले समाजको जटिलता र विशेषतालाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै जातीयताले कुनै दिन समस्या ल्याउन सक्छ भनेर उहाँले नामको पछाडि कहिल्यै श्रेष्ठ लेख्नुभएन भन्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले पुष्पलालले आजीवन वर्ग संघर्षमा जोड दिनुभएको बताउँदै जातीयताभन्दा विचारलाई उहाँले विशेष प्राथमिकतामा राख्नु भएको थियो भन्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य हरि दाहालले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले पुष्पलाल सधैँ संयुक्त आन्दोलनका पक्षमा रहेको धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank