काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

दलित अनलाईन ४ श्रावण २०७५, शुक्रबार १९:१३

कैलाली- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले खास गरेर सडकदेखि सदनसम्म जनताका कुरा सशक्त रुपमा राखी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी अघि बढ्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिहंले दुई तिहाइ बहुमत पाएर बनेको यो सरकारले जनतालाई केन्द्रविन्दुमा राखेरसुविधा र राहत दिने काम नगरेको आरोप लगाउँदै भन्नुभयो, “यो सरकारले हिजो मात्रै डा गोविन्द केसीलाई अस्पतालमा लाठी चार्ज र फाइरिङ गरी जबर्जस्ती उठाएर काठमाडौँ ल्याएको छ तर नेपाली काँग्रेसले डा केसीको जीवन रक्षा गर्नुपर्छ भनेर सडकदेखि सदनसम्म आफ्नो आवाज उठाइरहेको छ ।”

सञ्चारकर्मीले सोधेको प्र्र्रश्नको जवाफमा काँग्रेसका पूर्वमहामन्त्री सिंहले काँग्रेसले आगामी दिनमा गर्ने आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank