आठ ऐन प्रमाणीकरण

दलित अनलाईन ४ श्रावण २०७५, शुक्रबार १९:३८

हेटौँडा- प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले कर तथा गैरकर राजश्व परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ आज प्रमाणीकरण गर्नुभएको छ ।
यसअघि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्नुपर्ने ऐन २०७५, स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र गाउँ, नगर, जिल्लासभा सञ्चालन (कार्यविधि) सम्बन्धी ऐन २०७५, प्रदेशको आकस्मिक कोष व्यवस्थापन गर्न बनेको ऐन २०७५, प्रदेश वित्तीय हस्तान्तरणसम्बन्धी ऐन २०७५ र आर्थिक वर्षको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका स्वकीय सचिव विजयराज बिंडारीले राससलाई जानकारी दिनुभयो ।

यसैबीच प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको प्रदेशसभाका निमित्त सचिव मोहन निरौलाले जानकारी दिनुभयो । नेपाली काँग्रेस ३ नं प्रदेशसभा प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले काँग्रेसले चिकित्सा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म प्रदेशसभाको बैठक अवरुद्ध गर्ने घोषणा गर्नुभएको थियो । उहाँले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठलाई भेटी प्रदेशसभाको बैठक केही दिन पछाडि सार्ने माग गर्नु भएबमोजिम सभामुखले बैठक स्थगन गर्नुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank