कांग्रेसबाट राजनीतिक नियुक्ति पाएकाहरु नैतिकता मासेर अदालत गुहार्दै

दलित अनलाईन २९ असार २०७५, शुक्रबार १५:३७

काठमडौं – कांग्रेसको राजनीतिक नियुक्ति पाएका केही प्रमुख हरु नैतिकता मासेर अदालत गुहार्न पुगेका छ। नेपाली कांग्रेसले राजनीतिक नियुक्ति गरेका केही प्रमुख तथा सदस्यहरु सरकारको निर्णयविरुद्ध अदालत गएका छन् ।

असार २० गतेको मन्त्रिपरिषदको बैठकले निर्वाचन आचार संहिता लागु भएपछि तत्कालिन् देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालगायत पाँच जनाले आफूहरूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरित पदबाट हटाउन कुनै लिखित जवाफसमेत नमागेको र बिनाकारण बर्खास्त गरेको बताउँदै सरकारको सो निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका छन् ।

रिटमा अन्तिम फैसला भएको छैन । अदालत जानु न्यायालय गुहार्नु एउटा विधि सम्मत बिषय हो। तर सबै कुरा कागज र कानूनमा मात्र हुदैन । राजनीतिक नियुक्तिमा सबै भन्दा ठुलो कुरा नैतिकताको हुन्छ । तर अहिले उनीहरु नैतिकता बन्धनमा राखेर अदालत गएका छन् । तर अदालतले उनीहरुलाई बाहल नै गरे पनि कुन नैतिकतालाई टेकेर काम गर्छन्रु एउटा सरकारको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न त्यस्तो नियुक्ति पाएका हरु अर्को सरकारको नीति तथा कार्यक्रममा कसरी घुलन होलानरु आम प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank