अदालतबाट मुद्धा जितेपछि : बुद्धमाया विश्वकर्माले विष सेवन !

दलित अनलाईन २८ असार २०७५, बिहीबार २२:४८

काठमाडौ— जिल्ला अदालत महोत्तरीले असार २४ गते आफुहरुलाई जातीय विभेद गर्नेविरुद्ध ६ महिना कैद फैसला सुनाएपछि सामाजिक डर त्रासका कारण बुद्धमाया विश्वकर्मा आफैले विष सेवन गरी अस्पताल भर्ना हुनुभएको छ ।
बुद्धमाया विश्वकर्माले बुधबार दिउँसो ३ बजे आफैले विष सेवन गरेर बहुलाउन थालेपछि छोरी र आफन्तहरुले बर्दिवास महोत्तरीमै रहेको शुभस्वस्तिक हस्पिटल प्रालिमा भर्ना गरेका हुन् ।
डा सिताराम पराजुलीका अनुसार हस्पिटलमा ल्याउँदा बुद्धमायाको अवस्था गम्भिर रहेपनि तत्कालै उपचार पाएको कारण केही मात्रामा सुधार आएको छ ।
विश्वकर्माको शरीरमा विषको मात्रा सबैतिर फैलिए पनि धेरै गम्भिर अवस्थाबाट उपचारले पार गरिसकेको डा पराजुलीले जानकारी दिनुभयो । ‘ल्याउँदा निकै समस्या देखिएको अवस्था थियो, अहिले त्यस्तो छैन ,उहाँले भन्नुभयो,‘यस्तो केसमा वेहोस हुनु सामान्य अवस्था हो । ’

बुद्धमायाको छोरा माधव विश्वकर्माका अनुसार आमा पानी लिन गएर घरमा आएको केही समयपछि घरमा चिचाउने रुने, गदै होहल्ला गरी वेहोस हुनु बताउनुभयो । आफु काठमाडौबाट विहिबार विहानमात्र हस्पिटलमा पुगेको बताउँदै विहिनीले सबैकुरा बताएपछि थहाँ पाएको जानकारी दिनुभयो । हाम्रो टोलमा दलितहरुको जम्मा दुई घर मात्रै छ । आफुहरुसँग झगडा भएका मान्छेहरुलाई अदालतबाट सजायको फैसला गरेपछि उनीहरुले केही गर्छन कि भनेर आमा धेरै डराउनु भएको विश्वकर्माले बताउनुभयो । पहिला झगडा भएको मान्छेहरुबाट केही गर्छन कि भन्ने डरले आमाले त्यसो गरेको हुन सक्छ , उहाँले भनुभयो, ‘आमाले केही दिन अघिबाट असुरक्षा महासुस गर्नु भएको थियो । ’

विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष एवं दलित अधिकारर्मी मीन रहपालले यो फैसला दलित समुदायको जित भएकोमा खुसी व्यक्त गर्दै रहपालले डर त्रासकै कारण विश्वकर्माले विष सेवन गरेको हुनसक्ने बताउनुभयो । ‘उहाँले मुद्दा हल्दाखेरी नै विभिन्न दवाव आएको थिए, ‘यो फैसलाले थप केही दबाब दियो कि ? ।’

को हुनुहुन्छ बुद्धमाया विश्वकर्मा ?

महोत्तरी बर्दिवास वडा –४ भब्सीटोल घर हुनुभएकी बुद्धमाया विश्वकर्माको ६ जनाको परिवार छ । तीन छोरी र एक छोरा श्रीमान र विश्वकर्मा गरी ६ जनाको परिवार छ ,उहाँको । श्रीमान पोखरा बस्नुहुन्छ । १९ वर्षीय छोरा काठमाडौ बस्नुहुन्छ ।
वैशाख १५ गते वडा –४ भब्सीटोलस्थित घर छेउमा रहेको धारामा पानी छोएको आरोपमा स्थानीय बुद्धमाया विश्वकर्मा र उहाँकी छोरी मनिषा विश्वकर्मालाई कुटपिट एवं गालीगलौज गर्ने विरुद्ध हालेको मुद्धा जित्नुभएको थियो । सार्वजनिक धारामा स्थानीय कमला गिरीकी छोरी दीपिका पानी भर्न जादाँ त्यस क्रममा स्थानीय बुद्धमाया विश्वकर्माकी छोरी मनिषाले धाराको पक्का छोइदिएको भन्दै दीपिकाले जातीय रूपमा होच्याउँदै कुटपिट समेत गरेका थिए ।
मनिषा रुँदैरुँदै घर गएपछि आमा बुद्धमायाले छोरीलाई किन कुटेको, छोएकै भए पनि सम्झाइ–बुभाइ गरेको भए हुन्थ्यो नि भनेर धारामा कुरा राख्नासाथ कमला गिरीले सानो जाति भएर बढी कुरा गर्छेस् भनेर आफन्त रामबाबु दाहाललाई बोलाएर मनिषाका आमा छोरीलाई नै लछारपछार गर्दै कुटपिट गरेका थिए ।

बुद्धमायाको पक्षमा अदालतको फैसला

महोत्तरीको बर्दिवास वडा नम्बर–४ भब्सीटोलस्थित सार्वजनिक धारामा पानी छोएको भन्दै दलित महिलालाई कुटपिट र दुव्र्यवहार गर्ने स्थानीय कमला गिरी र उनका नातेदार रामबाबु दाहालविरुद्ध ६ महिना कैद फैसला अदालतले सुनाएको छ ।
जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीकाअनुसार जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ (१) क बमोजिम कमला गिरीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूतिको जिल्ला न्यायाधीश दण्डपाणि शर्माको इजलासले यही असार २४ गते फैसला गरेको हो । यसैगरी अर्का प्रतिवादी रामबाबु दाहाल भने १६ वर्ष मात्र भएकाले नाबालकको हकमा उनलाई यसको आधा अर्थात् तीन महिना कैद सुनाइएको श्रेस्तेदार अधिकारीले जानकारी दिनुभयो । यसमा सहयोग पुर्याउने जिल्ला न्यायाधीश शर्मा, अधिवक्ता दीपककुमार विश्वकर्मा, मनोजकुमार शााह तथा  संयुक्त दलित संन्जाललाई धन्यवाद दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank