रक्षा मन्त्री र जापानी राजदुत बीच भेटवार्ता

दलित अनलाईन २८ असार २०७५, बिहीबार १८:३२

काठमाडौ – नेपाल स्थित जापानी राजदुत महामहिम मासामीचि सिगोले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलसंग आज रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक र सामाजिक विकास, दुई मुलुकका विचको सैन्य तालिम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भएको मनत्रालयका प्रवक्ता ऋषी राजभन्डारीले जानकारी दिनुभयो ।
भेटका अवसरमा महामहिम राजदुतले नेपाल र जापान वीचको सम्वन्ध अति घनिष्ठ रहेको र यस्तो सम्वन्ध अझ गहिरो र फराकिलो वनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपाल र जापान वीचको अनुपम सम्वन्ध अतुलनीय भएको र दुई मुलुकविचको आपसी सहयोग आगामी दिनमा समेत निरन्तर रहिरहने विश्वास भेटत्रकाक्रममा भएको थियो ।

नेपालले तीन तहका निर्वाचन निष्पक्ष र पारदर्शीताका साथ सम्पन्न गराएको भन्दै वर्तमान सरकारको नेतृत्वमा नेपाल आर्थिक तथा सामाजिक विकास तर्फ अगाडि बढिरहेको जानकारीमा आएको कुरा व्यक्त गर्दै महामहिम राजदुतले नेपालको विकासको लागि जापान सदैव सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

भेटघाटका क्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले राजदूतलाई शिष्टाचार भेटका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र जापान वीच औपचारिक रुपमा कुट्नीतिक सम्वन्ध स्थापना हुनुभन्दा अगाडि देखि नै बुद्ध धर्म प्रतिको भावनात्मक एकताले दुई देश विचको सम्वन्ध महत्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभएको थियो ।
भेटका क्रममा राजदुत सिगोले नेपाल लामो संक्रमणपछि विकास र स्थायित्वतर्फ अघि बढिरहेको बताउदैं विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री पोखरेलले भेटकाक्रममा लामो समय देखि दुई देश वीच उच्च स्तरिय भ्रमण नभएको प्रसंग जोड्दै अव दुवै देशविच उच्च स्तरीय राजनीतिक भ्रमणको आदानप्रदान हुने विश्वास समेत व्यक्त गर्नुभयो । नेपाली सेनाले विश्व शान्तिको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउँदैं आगामी दिनमा दुई देशविच पारस्परिक सैनिक तालिम सञ्चालन गर्न सकिने समेत बताउनुभयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले हालैमात्रै जापानमा भएको प्राकृतिक प्रकोपका कारणबाट हुन गएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभयो । साथै उहाँले नेपालमा भएको विगतको १० बर्षे शसस्त्र द्धन्द्ध आफैमा एउटा अनुपम प्रकृतिको भएको र नेपालले आफ्नै तवरले समाधान गरेको भएतापनि उक्त १० बर्षको कालखण्ड नेपालका लागि एक अनौठो संयोग रहेको र हिंसाको औचित्य छैन भनेर नै हाल एकै ठाउँमा उभिएको घट्ना समेत ऐतिहाँसिक दृष्ट्रिकोणले महत्वपूर्ण भएको कुरा व्यक्त गर्नुभयो ।

शिष्टाचार भेटमा रक्षा मन्त्रालयका सहसचिव ऋषि राजभण्डारी, जापानी दूतावासका उच्च अधिकारी तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank