दोलखामा दलित बालिका बलात्कृत

दलित अनलाईन २४ असार २०७५, आईतवार १७:०७

 

दोलखा — शैलुङ गाउंँपालिका वडा नं. ७ मेलडाडाँकी १३ वर्षीय दलित बालिका राधा (नाम परिवर्तन) बुधबार बलात्कृत भएकी छिन् । आमा नभएकी राधाको बुबा नभएको मौका छोपी बुधबार राती १२ बजे स्थानीय ३३ वर्षे अशोक बुढाथोकीले बालिकालाई बलात्कार गरेका हुन् ।
राधाको परिवार जस्ताको कटेरोमा निगालोको चित्राको ढोका भएको कच्ची टहरामा बस्दै आएको छ ।
सधैझै बुधबार आफ्ना भाई बहिनीलाई खाना खुवाई राधा कटेरा भित्रको खाटमा सुति रहेको अवस्थामा बुढाथोकीबाट बलात्कृत भएको पीडित बालिका राधाले जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी बयान दिएकी छिन् ।
पीडित बालिकाका बाबु रामबहादुर विश्वकर्माले आफु नभएको समयमा छोरीलाई बलात्कृत गर्ने बुढाथोकी माथि कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।
डीएसपी यसो भन्नुहुन्छ
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी बासुदेव पाठकले बालिका बलात्कृत भएको जाहेरी आइतबार दर्ता भएपछि आफुले तत्कालै पीडकलाई पक्राउ गर्ने आदेश गरेको र्र कानुनी दायरामा लिइ अनुसन्धानपछि कारवाही गर्ने बताउनुभयो । घटना दर्ता भएपछि मैले तत्कालै पीडकलाई पक्राउ गर्ने जिम्मा दिएको छु, घटनाको अनुसन्धानपछि मैले कारबाही गर्छु,’उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank