सरकारविरुद्ध नियोजित आक्रमण : प्रधानमन्त्री

दलित अनलाईन २२ असार २०७५, शुक्रबार १९:५०

काठमाडाैं- प्रधानमन्त्री निवास बालुवाटारमा  शुक्रबार  साँझ बसेको सो पार्टीको स्थायी समितिको बैठकमा बोल्दै उहाँंले यस्तो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले सरकारले सकारात्ममकरुपमै काम गरिरहेको तर त्यसमा डाह गर्नेहरुले योजना बनाएर सरकारविरुद्ध आक्रमण गरेकोले सबै मिलेर सो आक्रमणको भण्डाफोर गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो ‘ चाहे गोविन्द केसीको केसमा होस चाहे अरु केसमा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।’त्यसका लागि पार्टी भित्र सबै एक हुन समेत उहाँंले आग्रह गर्नुभयो ।

बैठकमा पार्टीको विधान र नियमावलीबारे नेताहरुले सुझाव दिनु भएको छ। त्यसलाई समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ। स्थायी समितिको सुझावलाई समेटेर सचिवालयले त्यसलाई आन्तिम रुप दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank