अब प्रदेश ४ को नाम ‘गण्डकी प्रदेश’

दलित अनलाईन २२ असार २०७५, शुक्रबार १९:२२

कास्की-  आजदेखि प्रदेश ४ को नाम ‘गण्डकी प्रदेश’ रहने भएको छ । शुक्रबार प्रदेशसभा बैठकले ‘गण्डकी’ नामलाई औपचारिक रुपमा पारित गरेको हो ।

प्रदेश सभाको बैठकमा कुल उपस्थित ५६ प्रदेश सांसद मध्ये ५४ जनाले ‘गण्डकी’ नामको पक्षमा मतदान गरेपछि अब गण्डकी प्रदेश रहने निश्चित भएको हो । ‘गण्डकी’को विपक्षमा २ जनाले विपक्षमा मतदान गरेका छन् । अब प्रदेश ४ को राजधानी ‘पोखरा’ र प्रदेशको नाम ‘गण्डकी’ रहने भएको छ । राजधानीका विषयमा सबै सांसद एकमत भए पनि प्रदेशको नामाकरणमा एकमत हुन नसकेको हो ।

नयाँ शक्तिका सांसदले पहिचानमा आधारित नाम हुनुपर्नेमा अडान राखेका थिए । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए । उसले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी( तमुवान(मगरात लगायतको विकल्प दिएको थियो ।

एकीकृत नेकपाको केही दिन अघि बसेको प्रदेश संसदीय दलको बैठकले ‘गण्डकी’ नाममा सहमती जनाएपछि प्रदेश ४ को नाम ‘गण्डकी’ रहने निश्चितप्रायः भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank