यसरी लास भईन् गर्भवती सविता

दलित अनलाईन २२ असार २०७५, शुक्रबार ०९:५२

म्याग्दी— राधिकाको श्रीमान विदेश छन् । घरमा राधिका, एक छोरा र छोरी सविता नेपाली । सविताको भर्खर २१ वर्षको थियो । विहे भइसकेको थिएन । तर, गत वैशाखमा छोरीको पेटमा गर्भ रहेको कुरा आमा राधिकाले कानमा पर्यो । यस्तो खवर सुन्दा उनी छाँगाबाट खसेजस्तै भइन् ।

आमाले छोरीको पेटमा हुर्कदै गरेको बच्चाको अभिभावक खोज्न थालिन् । आवेशमा छोरीलालाई गाली पनि गरिन् । लामो केरकारपछि  सविताले हुर्कदै गएका वच्चाको बुवा देखाइन्, बेनी नगरपालिका– ९ का ३१ वर्षिय इन्द्र बहादुर खड्का उर्फ रवी । उनी पेसाले बस चालक थिए । यति सुनेपछि राधिकाका खुट्टा झन जोडले काम्न थाले । उनले केही सोच्नै सकिनिन् ।

अब राधिकाले कुनै न कुनै कदम त उठाउनै पथ्र्यो । गाउँले दिदिबाहिनीसँग जिप चालकसँग भेट्न पुगिन् । आखिर रविले बच्चा स्वीकारे । त्यो, असार १४ गतेको दिन थियो ।

स्वीकारेको केही समयमै रविले पोखरा निस्कन लागेको भन्दै सरितालाई पनि सँगै गाडिमा राखेर हिँडे । तर, बेलुकी भने अकल्पनिय खवर आयो, सविता र रवी चँढेको गाडि कालिगण्डकीमा खसेर बेपत्ता भयो । रविले पोखरा जाने बताए पनि उनी मुस्तानतर्फ लागेका थिए । खवर अनुसार गाडि बेनी–जोमसोम सडकखण्डको म्याग्दीस्थित रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा दुर्घटनाग्रस्त भयो । र, गाडि बेपत्ता भयो राधिकाको जीवनमा फेरि अर्को बज्र पर्यो । २१ वर्षसम्म आफुसँगै राखेको छोरीको यो हालत हुँदा उनको मन कस्तो भयो होला रु कल्पनासम्म गर्न सकिदैन ।

तर, एक हप्ताकोबीचमा घटनाले एकाएक नयाँ मोड लियो । बेपत्ता भनिएको गाडिका चालक एक सातापछि सम्पर्कमा आए । तर, सविताको अत्तोपत्तो नै भएन । त्यपछि एउटा प्रश्नले राधिका र गाउँलेलाई गिजोल्यो, त्यो हत्या थियो वा दुर्घटना रु अन्तत राधिकालाई लाग्यो यो हत्या नै हो ।

राधिका रुँदै भन्छिन्, मेरी छोरीको हत्या गरि लुकाइएको छ । हामीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा  किटानी जाहेरी दर्ता गर्दै छौँ । हामी दलित भएकै कारण रवीले यस्तो षड्यन्त्र गरेको हो । प्रहरी प्रशासनले निश्पक्ष रुपमा अनुसन्धान गरी छोरी को लाश कि सास दिनुपर्छ ।’

यस्तै अन्नपूर्ण गाउँपालीका तातोपानी २ की वडा सदस्य विष्णुकुमारी परियारले सविताको घटना नियोजित रुपमा भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने बताउँछिन् । हामीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्छौ, यो दुर्घटना नभई हत्या हो । हत्यारालाई कारबाही गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank