नेपालद्वारा ४ सय भारतीय तीर्थयात्रीको उद्धार

दलित अनलाईन २० असार २०७५, बुधबार ०९:३९

कैलाश मानसरोवर (तिब्बत) को धार्मिक यात्रामा गएका ४ सय १० जना भारतीय र नेपाली तीर्थयात्रीहको नेपाल सरकारले उद्धार गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो ट्वीटरमार्फत तीर्थयात्रीहरुलाई सिमिकोट र हिल्साबाट उद्धार गरिएको जानकारी दिनुभएकाे छ ।

१ सय ६० जनालाई सिमिकोटबाट उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ भने २ सय ५० जनालाई हिल्साबाट उद्धार गरेर सिमिकोट ल्याइएको छ। मन्त्री अधिकारीका अनुसार, अझै ७ सय सिमिकोटमा र ६ सय हिल्सामा तीर्थयात्री अलपत्र अवस्थामा छन्।

ती तीर्थयात्रीलाई आज पनि उद्धार गर्ने मन्त्री अधिकारीले बताउनुभयाे । मानसरोबर दर्शनका लागि गएकामध्ये सोमबारसम्म ८ भारतीय तीर्थयात्रीको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank