१४ मुलुकमा एकैपटक राजदूत नियुक्त गर्दै सरकार, को–को छन् लाइनमा ?

दलित अनलाईन १९ असार २०७५, मंगलवार १७:४२

केही मुलुकका नेपाली राजदूतहरु समयावधि सकिएर फिर्ता भएसँगै केपी ओली नेतृत्वको सरकारले खाली भएका र थप मुलुकमा राजदूत नियुक्ति गर्ने तयारी थालेको छ । थाइल्याण्डस्थित नेपाली राजदूत खगनाथ अधिकारीको ४ बर्षे कार्यकाल आगामी साउनमा सकिँदै छ । यसैगरी मंसीर–पुसमा जेनेभा, दक्षिण अफ्रिका, ब्राजिललगायतका मुलुकका राजदूतहरु पनि कार्यकाल सकेर फिर्ता हुँदैछन् । भारत, मलेसिया, युएईस्थित राजदूतावास केही समयदेखि राजदूतविहीन छन् ।

‘राजदूत चयनको गृहकार्य शुरु भएको छैन, खाली भएका मुलुकहरुको संख्या बढेपछि ती मुलुकका राजदूत चयन गर्ने योजनामा प्रधानमन्त्री ओली हुनुहुन्छ’ नाम उल्लेख नगर्ने शर्तमा एक मन्त्रीले सुनाए, ‘सम्भवत भदौताका नयाँ राजदूत चयनसम्बन्धी प्रक्रिया शुरु हुन्छ होला ।’

भदौमा राजदूत चयन प्रक्रिया शुरु गरिनुको कारण अन्य केही मुलुकस्थित नेपाली राजदूतहरुको पदावधि सकिने समय निकट हुनुपनि हो। किनभने, मंसीर–पुषमा राजदूत अमृत राई (दक्षिण अफ्रिका) र राजदूत दीपक धिताल फिर्ता हुनेछन् । विभिन्न अध्ययन प्रतिवेदनहरुले गरेको सिफारिसका आधारमा सरकारले केही बर्षयता राजदूत नियुक्त गर्दा ५० प्रतिसत करिअर डिप्लोम्याट ९परराष्ट्र मन्त्रालयका अधिकारी० हरुलाई स्थान दिने गरेको छ । बाँकी ५० प्रतिशत राजदूत नियुक्ति राजनीतिक नियुक्तिका अधार हुने गरेका छन् ।

राजदूत नियुक्ति गर्दा नेकपाभित्रै भागबण्डामा समस्या सिर्जना हुनसक्छ । आफू निकटस्थ बाहेक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, नेताहरु माधब नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताको सिफारिसको सुनुवाई गर्नुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई छ । यसो हुँदा नेपाली कांग्रेस र राप्रपाको कोटामा राजदूत भएका मुलुकहरुमा पनि नयाँ राजदूत चयन हुनसक्ने छन् । हाल ५ मुलुकस्थित राजदूतावासमा कांग्रेस कोटाका राजदूत छन् । तिनमा विश्वम्भर प्याकुरेल (श्रीलङ्का), भीम उदास (बर्मा), अर्जुनजङ्गबहादुर सिँह (दक्षिण कोरिया), रमेश कोइराला (कतार)र चोपलाल भूषाल (बंगलादेश) छन् ।

यसबाहेक ओमनमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम कोटाकी शर्मिला ढकाल पराजुली राजदूत छिन्। लोकतान्त्रिक फोरम कांग्रेसमा बिलय भइसकेको छ । राप्रपा कोटाका तीन राजदूत छन् । तिनमा राप्रपा भरत रायमाझी (स्पेन) प्रतिभा राणा (जापान) र निरन्जन थापा (इजरायल) छन् । नेपाली कांग्रेस र कांग्रेसमा बिलय भइसकेको लोकतान्त्रिक फोरमका ६ र राप्रपाका ३ गरी ९ राजदूत फिर्ता बोलाइएमा कम्तिमा १५ मुलुकस्थित राजदूतावासको राजदूत पद नियुक्त हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank