यसरी भयो , १९ वर्षीया माया विकको बलात्कारपछि हत्या

दलित अनलाईन १७ असार २०७५, आईतवार १०:४८

 

कैलाली — कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी १९ वर्षीया माया विकको बलात्कारपछि हत्या भएको छ । विकको शव ३ दिनपछि अर्थात असार १५ गते भेटिएको थियो । मृतकका काका करन विकले १२ गतेदेखि हराएकी मायाको शव शुक्रबार साँझ वडा नं ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडी बांधेको अवस्थामा भेटिएको बताउनु भयो । अर्धनग्न अवस्थामा भेटिएकी मायाको बलात्कार पछि हत्या गरिएको आशंका गरिएको छ । बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले सोधपुछका लागि गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिएको छ । असार ५ गतेबाट गौरीगंगा नगरपालिकामा करारमा जागिर लागेकी माया १२ गतेदेखि वेपत्ता भएकी थिइन् ।
के भन्छ गौरीगंगा नागरपालिका ?
गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादर देउवाका अनुसार असार ५ गतेबाट तथ्यांक संकलन गर्ने गरी करारमा माया विकलाई नियुक्त गरिएको थियो । ११ वडा रहेको हुँदा एउटा वडाबाट ३ जनाको दरले तथ्यांक संकलन गर्ने ३३ जनाको टिममा माया विक पनि थिइन् । उनी काम गरेको ६ दिनपछि नगरपालिकाको कामबाट बेपत्ता भएको नगरपालिकाले घटना घटेको तीन दिनपछि मात्रै जानकारी पाएको थियो । आफुहरुले पनि परिवारको सहयोगमा घटना भएको स्थानमा पुग्दा माया विक नै भएको पुष्टि भएको नगरपालिकाका प्रमुख भीमबहादर देउवाले बताउनुभयो । ‘माया विकको बलात्कारपछि हत्या भएको हामीले ठहर गरेको छौं’यस विषयमा गृहमन्त्री देखि आईजीपीसम्मलाई खबर भएको छ ,उहाँले भन्नुभयो , ‘पीडितलाई न्याय दिने ढंगबाट अनुसन्धान भइरहेको छ । ’
माया विकको बलात्कारपछि हत्या भएको आंशकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ‘हामीले पनि घटनाको दोषीलाई कडा भन्दा कडा कारबाही गराउन माग गर्दैै नगरपालिकाबाट प्रेस विज्ञप्ति जारी गरेका छांै,’ प्रमुख देउवाले भन्नुभयो ।

के भन्छ जिल्ला प्रहरी कार्यालय ?
आफुहरुलाई घटनाको जानकारी आउना साथ घटना भएको वडा नं ११ कै चपथली सामुदायिक वनको जंगलमा गएर माया विकको शव हेरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर ओलीले बताउनुभयो । यो घटना निकै शंकास्पद छ ,मृतकको शवलाई पोष्टमार्टम गदैछौं, हामीलाई नै यो घटनामा शंका लागेको हुँदा मेरो नेतृत्वमै छानविन समिति बनाएका छौं,उहाँले भन्नुभयो । हामी घटनाको सत्यतथ्य बाहिर ल्याउँछौ , दोर्षीहरु यो घटनामा उम्किन पाउँदैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank