दलितमाथिको विभेद सरकारले नै अन्त्य गर्छ : कानुनमन्त्री तामाङ

दलित अनलाईन १७ असार २०७५, आईतवार ०६:००

 

काठमाडौ—कानुन मन्त्री शेरबहादुर तामाङले दलित अधिकार सुनिश्चित गर्नमा सरकार कुनै कन्जुस्याई नगर्ने बताउनुभएको छ ।
जागरण मिडिया सेन्टर र संसदीय मामिला पत्रकार समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री तामाङले मन्त्रालयले सोचे अनुरुप दलित अधिकार सुनिश्चित गर्न नसकिएको बताउँदै अब यो सरकार दलित हक अधिकार स्थापित गर्न र सुनिश्चित गर्नमा कुनै कन्जुस्याई नगर्ने बताउनुभएको हो ।
एकपछि अर्को गदै जातीय छुवाछूतका घटनाहरु सार्वजनिक भएको भन्दै मन्त्री तामाङले कानुन भन्दामाथि उठ्नेलाई कसैलाई पनि छुट नहुने बताउँदै कारबाही दायरामा ल्याएर कारबाही गरिने दाबी समेत गर्नुभयो ।
कानुन मन्त्री तामाङले धारा ४० मा कानुन निर्माण सम्बन्धमा काम भइरहेको बताउँदै दलित अधिकार सवालमा आफुहरु ज्यादै सकारात्मक हुने गरे पनि राय सुझावहरु पेश गर्न समेत आग्रह गर्नुभयो ।
दलित समुदाय माथि जातीय विभेदका श्रृंखला दोहोरिएको बताउँदै मन्त्री तामाङले कानुन निर्माणपछि सबै तह तप्काबाट कार्यान्वयनमा गएपछि विभेदका घटनाहरुमा कमी हुने दाबी गर्नुभयो ।
घरबास नभएकाहरुले दलित समुदायले आफुले चाहेको जग्गा माग गरी सुझाव पत्र पेश गर्न समेत मन्त्री तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank