जुम्लामा डा.केसीकाे अनशन सुरु

दलित अनलाईन १६ असार २०७५, शनिबार १३:४०

जुम्ला  – डा गोविन्द केसीले जुम्लामा अनशन सुरु गर्नु भएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालका अनुसार प्रहरी कार्यलयबाट वाहिरिए लगत्तै डा केसीले अनशन सुरु गर्नु भएको  हाे ।

शनिबार दिउँसो अनसन बस्ने तयारीसहित प्रतिष्ठानतर्फ जान लागेका डाक्टर केसीलाई जुम्ला प्रहरीले उहाँलार्इ निषेधित क्षेत्रमा अनसन बस्ने तयारी गरेको भन्दै अवरोध गरेका थिए ।

डा केसीले अनसनका लागि यस पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोज्नु भएकाे थियाे  तर, उहाँले अनशन सुरु गर्ने भनिएको प्रतिष्ठान परिसरलाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै निषेधित क्षेत्र घोषणा गरेको थियाे। प्रशासनले शुक्रबार नै प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरि निषेधित क्षेत्र घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank